केराबारी भ्यु गाउँपालिकाको केन्द्रदेखि ३ किलोमिटर उत्तरमा अवस्थित पर्यटकीय क्षेत्र विकासको सम्भावित स्थलका रूपमा छ । ट्रेक्किंग र हाइकिङ रुचाउने पर्यटकहरूलाई सो स्थानसम्म पुग्न लगभग १ घण्टा लाग्छ । केराबारी सिंहदेवी समेवा सडक खण्डमा पर्ने यो स्थल केराबारी गाउँपालिकाको केन्द्रदेखि पहुँचका हिसाबले सबैभन्दा कम दूरीमा रहेको क्षेत्र हो । निजी सवारी साधन प्रयोग गरी यस स्थानसम्मको यात्रा गर्न सकिन्छ ।
यो स्थान जैविक विविधता र दृश्यावलोकनका लागि महत्त्वपूर्ण क्षेत्रका रूपमा रहेको छ । केराबारी गाउँपालिकाको केन्द्रबाट मात्र १० मिनेटको यात्रा गर्दा तराईको फाँट, चारकोशे झाडी, पश्चिममा खदम खोला र दक्षिणमा केराबारी बजारको दृश्यावलोकन गर्न सकिने यो स्थान प्राकृतिक रूपमै सुन्दर छ । बिस्तारै यो क्षेत्र धार्मिक आस्थासँग पनि जोडिँदै विकसित हुन पुगेको छ । यहाँ निर्माण भएको किरात सत्याहाङ्ग मन्दिरले किरात धर्मावलम्बीलाई समेत आकर्षित गर्ने देखिन्छ ।
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।