चिल्ड्रेन पार्कको काम अघि बढाउन मुख्यमन्त्री कार्कीको निर्देशन

Share this
179shares

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर गते  काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाँउपालिका वडा –३ सानो केर्खामामा प्रस्तावित सुविधायुक्त चिल्ड्रेन पार्क निर्माणको काम तत्कालै अघि बढ्ने बताउनुभएको छ । बालबालिकाहरुलाई मनोरञ्जनका लागि १२ कठ्ठा जग्गामा चिल्ड्रेन पार्कको काम अघि बढ्न लागेको हो ।

चिल्ड्रेन पार्क निर्माणको विषयमा लामो समयदेखि कुरा उठे पनि नबनेको स्थानीयले बताएपछि मुख्यमन्त्री कार्कीले यसै आर्थिक वर्षबाट काम सुरु हुने बताउनुभएको छ । पार्क निर्माणस्थलको अवलोकन गर्दै उहाँले शहरी विकास कार्यालय इलामका प्रमुख मिलन आचार्यलाई काम अघि बढाउन निर्देशन दिनुभएको थियो । स्थानीयसँग समन्वय गरी काम छिटाे बढाउन उहाँले आचार्यलाई निर्देशन दिनुभयो ।

पार्क जानका लागि ५८ मिटर लम्बाइ र साढे ३ मिटर चौडाइको सडकमा ब्लक लगाउने काम सकिएको भए पनि पार्क भने बन्न सुरु गरेको छैन । पार्कमा स्विमिङ पुल, बच्चालाई खेल्ने विभिन्न प्रकारमा खेल सामाग्री, चमेना गृह, खुल्ला जिम लगायतका संरचनाहरु रहने वडाध्यक्ष अग्नि कोइरालाले जानकारी दिनुभयो ।

यसैबिच मुख्यमन्त्री कार्कीले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न योजनाहरु अवलोकन गर्दै सुरु भएका विकास निर्माणका योजना र अन्य सबै प्रकारका योजना पूरा गरिँदै लैजाने बताउनुभयो । साभार– गोरखापत्र डट कम

 

Share this
179shares
All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.