कोशी अल्पाईन स्पोर्ट्स फेडेरेसन गठन

Share this
268shares

विराटनगर। कोशी अल्पाईन स्पोर्ट्स फेडेरेसन गठन भेला आज विराटनगरमा सम्पन्न भयो। पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव श्री विशाल घिमिरेको प्रमुख अथितीय थियो त्यसै गरी अतिथिमा पर्यटन वन तथा वातावरण मन्त्रालयका  महाशाखा प्रमुख ध्रुवकुमार भण्डारी हुनुहुन्थ्यो। कार्यक्रममा कोशी अल्पाईन स्पोर्ट्स फेडेरेसनले आफ्नो  कार्यसमिति गठन गर्‍यो।  कार्यसमितिका अध्यक्षमा अमिर राई उपाध्यक्षमा निकी लिम्बु उपाध्यक्षमा क्षितिज थापामगर सचिवमा प्रशान्त गिरी कोषाध्यक्षमा जोसेफ घिमिरे र सदस्यहरू मनोज बस्नेत र योगेन्द्र दाहाल हुनुहुन्छ। वाहाहरु सम्पूर्णलाई धेरै धेरै  बधाई र नयाँ कार्यकालको शुभकामना ।

पूर्वको पर्यटनलाई अगाडि ल्याउने त्यो विषयमा हामीहरू अगाडि बढिरहेको  त्यसै गरि कोशी प्रदेशको दिगो पर्यटन बिकासको निम्ति हाम्रो यात्रा जारी रहेको कुरा नवनिर्मित समितिका सचिवले बताउनुभयो। पूर्व क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने अभिलाषा  पूरा हुने शुभकामना दिँदै महाशाखा प्रमुख ध्रुवकुमार भण्डारीले मन्त्रालयबाट सहयोग गर्ने कुराहरू अगाडि बढाउने दिलासा दिनुभयो। एक्लै हिँडेर पर्यटन हुँदैन निजी क्षेत्रलाई सँगै लिएर जानुपर्ने कुरा प्रमुख अतिथि विशाल घिमिरेज्यूले बताउनुभयो।

Share this
268shares
All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.