तस्बिरमा रौता पोखरी

December 3, 2019     Paryatan Yatra

उदयपुर । समुन्द्री सतहदेखि ५२ सय फिटको उचाईमा रहेको उदयपुरको रौता पोखरी जिल्लाको प्रमुख आकर्षक गन्तव्यको रूपामा विकास हुन थालेको छ ।

प्रदेश र स्थानीय सरकारले यस क्षेत्रको विकास र प्रवद्र्धनमा विशेष जोड दिन थालेपछि यहाँ आउने पर्यटकको संख्या बढ्न थालेको रौतामाई गाउँपालिकाकी उपप्रमुख कुमारी ठकुरीले जानकारी दिनुुभयो ।

उहाँका अनुसार प्रमुख आयस्रोतको रूपमा लिइएको यस क्षेत्रमा स्थानीय सरकारले एकतिहाई बजेट लगानी गरेको छ ।

सदरमुकाम गाईघाटबाट ४४ किलोमिटरको उत्तरी दिशामा पर्ने रौतापोखरी धार्मिक तथा पर्यावरणीय हिसाबले महत्वको क्षेत्र हो । यहाँ स्थापित रौतादेवीको दर्शन गर्नाले दुःख रहण हुने र मागेको पूरा हुने जनविश्वास रहिआएको छ ।

आफ्नो भाकल पूरा गर्न यहाँ आउने र बलि दिने प्रचालन पनि रहेको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.