पर्यटन वर्षको उद्घाटनमा भातर र बंगलादेशलाई निमन्त्रणा गरिने

December 5, 2019     Paryatan Yatra

विराटनगर । भ्रमण वर्षको उद्घाटन समारोहमा प्रदेश १ सरकारले भातर र बंगलादेशलाई निमन्त्रणा गर्ने भएको छ । यसैगरी बैठकले प्रदेश १ का १३७ पालिकाहरुलाई निमन्त्रणा गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको विहीवार  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले २०२० को पहिलो दिन जनवरी १ का उद्घाटन समारोहमा प्रदेश १ मा पर्ने १३७ वटा नै पालिकाहरुलाई आफ्नो क्षेत्रमा पर्ने पर्यटकीय स्थल झल्कने प्रतिगात्मक बस्तु लिएर आउन पत्राचार गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले उद्घाटन समारोहमा जातीय पहिचाहन झल्कने सबै समुदायका झाँकी अनिवार्य ल्याउने निर्णयसमेत गरेको छ । प्रदेश सरकारले उद्घाटन समारोह भव्यताका साथ विराटनगरको शहिद रंगशालामा गर्ने तयारी गरी रहेको छ ।  विहीबारको बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियैत, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहाहुर आङबो, सामाजिक विकास मन्त्री जीवन घिमिरे लगाएको उपस्थिति रहेको थियो । बैठका उपसमितिका संयोजकहरुले प्रगति प्रतिवेदन पेश गरेका थिए । बैठकले प्रदेश १ का चर्चित गायक गायिकाहरुलाई समेत ल्याउने भएको छ । यसैगरी बैठकले उद्घाटन समारोहमा प्रस्तुत गर्ने गरी पर्यटन सम्बन्धी गित समेत सर्वसाधारणवाट माग गर्ने निर्णय गरेको छ ।  यसैगरी छिमेकी देशहरु भातर र बंगलादेशका विभिन्न निकायलाई निमन्त्रण गर्ने निर्णय गरेको छ ।

केन्द्र सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सातवटै प्रदेशमा समिति गठन गरेको थियो । प्रदेश १ को समितिमा मुख्यमन्त्री शेरधन राई संरक्षक हुनु हुन्छ । यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसीयत अध्यक्ष रहनु भएको छ । पर्यटन मन्त्रालयका सचिव सन्जीवकुमार राई सदस्य सचिव रहनु भएको छ । समितिको सह–संयोजकमा विराटनगरका होटल व्यवसायी राजन श्रेष्ठ रहनु भएको छ । समितिको सदस्यमा पर्यटन व्यवसायी उद्योगी लगाएयलाई समेटिएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.