सीता र माउन्टेनले मंसिर २९ बाट पाथीभरा र हलेसीमा उडान भर्ने

December 11, 2019     Paryatan Yatra

विराटनगर । सीता एयर र माउन्टेन हेलिकप्टरले प्रदेश १ को राजधानी विराटनगर र भद्रपुरबाट पूर्वी पहाडका प्रसिद्ध तीर्थस्थल हलेसी महादेव र पाथीभरा देवीको मन्दिर सम्म मंसिर २९ गतेदेखि उडान भर्ने भएका छन् । सिता एयरले यसकालागि परिसक्षण उडान समेत गरी सकेको छ ।

सीता एयरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार हलेसी महादेवका लागि सीता एयरको डोर्नियर जहाजमा भद्रपुर र विराटनगरबाट लामिडाँडा लगिने छ । यो उडान १९ देखि २० मिनटको हुनेछ । त्यसपछि माउन्टेन हेलिकप्टरको हेलिकप्टरबाट लामिडाँडादेखि हलेसी सम्म ५ देखि ६ मिनटको हुनेछ । यसका लागि एक यात्रुलाई २३ हजार रुपैयाँ भाडा लाग्ने छ । जानचाहनेहरुले नजिकैका ट्राभल एजेन्सीहरुबाट सहज रुपमा टिकट पाउने व्यवस्था मिलाएको छ ।

त्यस्तै पाथीभरा देवीको दर्शनका लागि विराटनगर र भद्रपुर विमानस्थलबाट ताप्लेजुङको सुकेटार विमानस्थल लगिने छ र सुकेटारदेखि पाथीभरासम्म माउन्टेनको हेलिकप्टरमा र्पुयाइने छ । विराटनगर र भद्रपुरदेखि सुकेटारसम्मको हवाइ यात्रा १९ देखि २० मिनट र सुकेटारदेखि पाथीभरासम्मको ५ देखि ६ मिनटको हुनेछ । यसका लागिपनि २३ हजार रुपैयाँ नै भाडा तोकीएको छ । सिताले एक उडानमा १७ जना र मउन्टेनले ५ जनाका दरले यात्रु वोक्ने छन् । मौसम बिग्रिएर विराटनगर वा भद्रपुर फर्कन नपाएका यात्रुले बाटामा आफ्नो गाँस र बासको व्यवस्था आफैंले गर्नुपर्ने शर्त राखिएको छ ।

‘हामीले सम्भाव्यता अध्ययनका लागि यस्तो चार्टर्ड उडान तीन महिनाका लागि सुरू गरेका हौं,ु प्रबन्ध निर्देशक सिंहले भन्नु भयो, ‘यो प्याकेज सफल भयो भने हामी यसलाई नियमित गर्नेछौं । यसले भिजिट नेपाल २०२० र पूर्वको पर्यटन दुवैलाई सम्बद्र्धन गर्ने विश्वास हामीले लिएका छौं ।’

दुवै उडानमा भूटानसहित भारतको विहार, पश्चिम बंगाल, सिक्किम र मेघालयसम्मका दर्शनार्थी लक्षीत गरीएको छ । पर्यटन व्यवसायी भविश श्रेष्ठ नेतृत्वको विराटनगर होलिडेजले यसको बजार ब्यवस्थापन गरेको छ । सिताले पहिलो चरणमा भद्रपुरवाट सुकेटार सम्मको हप्तामा एक पटक सेड्युल फ्लाइट समेत गर्ने भएको सिंहले बताउनु भयो ।

उडानका वारेमा पत्रकारहरु संग मंगलवार विराटनगरमा राखिएको अन्तरकृया कार्यक्रममा सिता एयरका प्रमोटर एंव  मोरड।  व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले यस क्षेत्रमा पर्यटकलाई आक्रषण गर्ने उदेश्यले उडान सुरु गर्न लागेको बताउदै नाफा मुखी भन्दापनि सेवा मुखी भावनाले वढि काम गरेको बताउनु भयो । कार्यक्रममा भ्रमण बर्ष २०२० का प्रदेश सह संयोजक राजन श्रेष्ठले पर्यटनको विकासका लागि एउटा कमद भएको बताउनु भयो । नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष विक्रम लुइटेल  मोरड  अध्यक्ष बन्दु पोखरेल लगाएतले कार्यक्रममा पर्यटन विकासका लागि सवै क्षेत्र लाग्नु पर्ने धारणा राख्नु भएको थियो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.