काठमाडौं । काठमाडौंस्थित सर्वनाम थिएटरमा विराटनगरका कवि मीनकुमार नवोदित र दार्जेलिङका कवि नुहाङ राई प्रस्तुत हुनुभएको छ । हरेक महिनाको १ गते आयोजना हुने सर्वनामको ७३ औं शृंखलामा नवोदित र राई प्रस्तुत गरे । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामले हरेक महिनाको १ गते दुई जना कविलाई उभ्याउने गरेको छ । पत्रकारसमेत रहेका नवोदितले ‘जुन र आमा’, ‘देशको नाममा’, ‘युगको अन्तिम रात’, ‘अन्तिम इच्छा’, ‘प्रेम र तस्बिर’, ‘देश छाड्नुअघि’, ‘अर्गानिक अनुहार’, ‘कुरुप समयको बयान’, ‘बा हुनुको अर्थ’लगायत शीर्षकका कविता वाचन गरेका थिए । नवोदितको यसअघि काठमाडौंको राष्ट्रिय नाचघर र पोखरा थिएटरले पनि एकल कविता वाचन कार्यक्रम गरेका थिए । त्यस्तै नुहाङले ‘जुत्ता’, ‘रातो कविता’, ‘सपनाको आगो र पुत्ला’, ‘बुधे’, ‘टाउको बिनाको समय’ लगायत कविता सुनाए । सर्वनामले रंगमञ्च र साहित्य क्षेत्रमा काम गर्र्दै आएको कार्यक्रम संयोजक राज शाहले बताए । कविता वाचनअघि सर्वनामका अध्यक्ष अशेष मल्ल र वरिष्ठ साहित्यकार डा. विष्णुविभू घिमिरेले दुवैजना कविलाई सम्मान गरेका थिए ।
हाम्रो टिम
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रधान सम्पादक: लीलावल्लभ घिमिरे (९८५२०२३४२२)
सम्पादक: निरज दाहाल
बिशेष संवाददाता: डेविड घिमिरे (९८२९३२१४८३ )
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।