२०२० समृद्धिकालागि बलियो जग-मुख्यमन्त्री

December 19, 2019     Paryatan Yatra

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भ्रमण बर्ष २०२० ले प्रदेशको समृद्धिकालागि बलियो जग हाल्ने दावी गर्नु भएको छ । विहीवार विराटनगरमा नेपाल फोटो पत्रकार महासंघको प्रथम केन्द्रीय महाअधिवेशनको उद्घाटन गर्दै भ्रमण बर्षमा सवैको सकारात्मक सहयोगको आवश्यकता रहेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालमा आउने गरेका नकारात्मक टिपणीलाई प्रेस जगतले चिर्न सक्नु पर्ने वताउँदै सकारात्मक सोचले मात्र समृद्धि सम्भव रहेको वताँउनु भयो ।

मुख्यमन्त्री राईले क्यामराले सहभागिहरुको फोटो खिचेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । शुक्रवार सम्म चल्ने अधिवेशनमा देशका ६२ जिल्लाका फोटो पत्रकारहरुको सहभागिता रहेको अधिवेशन तयारी समितिका संयोजक वेदराज पौडेलले बताउनु भयो । अधिवेशन उद्घाट समारोहमा वरिष्ठ पत्रकार हर्ष सुब्बा र मोहन भण्डारीलाई नगद २१ हजार सहित सम्मान गरीएको थियो ।

कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, नेकपा मोरङका अध्यक्ष ऋषीकेश पोखरले, नेपाली कांग्रेसका सचिव मोदराज घिमिरे, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, पत्रकार महासंघका प्रदेश अध्यक्ष विक्रम लुइटेल, मोरङ शाखाका अध्यक्ष बन्दु पोखरेल लगाएतले बोल्नु भएको थियो ।

प्रथम महाधिवेशनले धुव्र आलेको अध्यक्षतामा १७ सदस्य केन्द्रीय कार्य समिति चयन गरेको छख । समितिको उपाध्यक्षमा सागर श्रेष्ठ, महासचिव हरिप्रसाद रेग्मी, सचीव वालकृष्ण थापा, सहसचिव नरेश श्रेष्ठ, कोषाध्यक्ष रत्नकृष्ण श्रेष्ठ, सहकोषाध्यक्षमा नविन पौडेल रहनु भएको छ । यसै गरी सदस्यहरुमा उपेन्द्र चाम्लीङ, नविन उप्रेती, जितलाल श्रेष्ठ, जिवन लामा, मञ्जुल शाक्य, विशाल सुनुवार, राजकुमार शाही र राम सिंह थामी रहनु भएको छ । 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.