पर्यटन सूचना केन्द्रले पर्यटकलाई सहज

December 20, 2019     Paryatan Yatra

तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल पर्यटकीय क्षेत्र गुफा बजारमा  सूचना केन्द्र स्थापना भएपछि पर्यटकहरूलाई सूचना लिन सहज भएको छ । केन्द्र स्थापनाले गुराँसको राजधानीको रूपमा परिचित पूर्वी पहाडको प्रमुख पर्यटकीय गन्तव्य तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रका सबै सूचना एकै ठाउँमा पाइन थालेको छ ।आन्तरिक तथा बाह्य पर्यटकलाई सूचना प्राप्त गर्न सहज हुनेगरी संखुवासभाको चैनपुर नगरपालिका स्थित टिएमजे क्षेत्रको मुख्य गन्तव्य गुफा बजारमा यो क्षेत्रको पहिलो पर्यटन सूचना केन्द्र स्थापना भएको हो सूचना केन्द्रमा टिएमजेको पर्यटकीयस्थल, विभिन्न जातजातिको भाषा, सस्कृति, भेषभुषा, झल्किने सामग्री राखिएको केन्द्रबाट पर्यटकहरूले सहजै कुन क्षेत्रमा कहाँ कसरी पुग्ने लगायतका सम्पूर्ण विवरण जान्न सकिने स्थानीयवासी हिमा खनालले बताइन् भनिन्, यहाँ विशेष गरी लिम्बू ,तामाङ, शेर्पा समुदायको भेषभुषा, उनीहरूले सांस्कृतिक कार्यक्रममा प्रयोग गर्ने डम्फु, मादलदेखि लिएर लिम्बू समुदायको च्याब्रुङ्ग देख्न सकिन्छ यसै गरी ग्रामीण वस्तीमा प्रयोग हुने डोको, दाम्लो, नाम्लो, नाङ्लो, थुन्से, हसिया, खुकुरीलगायतका सामान पनि यस केन्द्रमा राखिएका छन्

एउटै वनमा २८ प्रजातिका गुराँस पाइने टिएमजे क्षेत्रमा सूचना केन्द्र स्थापनाले पर्यटन उद्योग तथा व्यवसायको प्रवद्र्धन साथै सो क्षेत्रका अत्यावश्यक सूचना प्राप्त गर्न सकिन्छ समुन्द्र सतहदेखि २८ सय ९० मिटरको उचाइमा रहेको यो बजारबाट मौसम खुलेको बेला मकालु, कञ्चनजंगा, ल्होसे सगरमाथा हिमालसमेत अवलोकन गर्न सकिन्छ पर्यटन सूचना केन्द्र स्थापना भएपछि पर्यटकलाई सबै कुराको जानकारी लिन सहज भएको सूचना केन्द्रका सचिव सन्तोष लिम्बूले बताए केन्द्र स्थापनाका लागि ग्रामीण पुनर्निर्माण संस्थाले सहयोग गरेको सचिव लिम्बूको भनाइ पर्यटन सूचना केन्द्रबाट टिएमजे क्षेत्रका सबै सूचना पाउन सकिन्छ, केन्द्रका अध्यक्ष केदारनाथ लिम्बूले भने यो क्षेत्र हँुदै कञ्चनजंगा मकालु हिमाल भ्रमण गर्ने तमोर नदी ¥याफिट्ङ गर्न जाने यस यस क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सजिलै सूचना प्राप्त गरिरहेका छन्

यस क्षेत्रमा ३० प्रकारका स्तनधारी, २७४ प्रकारका चरा, २५ प्रकारका किरा, प्रकारका माछा, प्रकारका घस्रने जीव प्रकारका भ्यागुता पाइन्छन्  यी सबै कुराको जानकारी यसै सूचना केन्द्रबाट जानकारी पाएकोे विराटनगरबाट घुम्न आएका अर्जुन पुरीले बताए भने, सूचना केन्द्रले आफूहरूलाई यस क्षेत्रका बारेमा जानकारी लिन घुम्न सजिलो भयो चौरीको छुर्पी, भेडाको घिउँ, दूध दही, मोहीलगायत लिम्बू जातिको खाद्य परिकार याङवेन, तङ्वा, सुकुटी बंगुरको मासु यो ठाउँ धेरै प्रख्यात रहेको यो बारे आफूलाई सूचना केन्द्रले जानकारी गराएकोे काठमाडौंको बबरमहलबाट घुम्न आएका उमेश श्रेष्ठले बताए पर्यटन सूचना केन्द्रको माध्यमले यस क्षेत्रको बारेमा धेरै कुरा जानकारी लिए, उनले भने

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.