विराटनगर । भ्रमण वर्ष २०२० को उद्धघाटन तयारीलाई प्रदेश सरकारले तिव्रता दिएको छ । जनवरी १ अर्थात पुस १६ गते विराटनगर स्थीत शहिद रंगशालामा भव्य कार्यक्रम विच भ्रमण बर्षको उद्घाटन गर्ने निर्णय प्रदेश सरकारले गरेको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शनिवार बसेकोे प्रदेश १ स्तरीय पर्यटन प्रवद्र्धन समितिमा मन्त्री जगदीश प्रसाद कुसियैतले उद्घाटनका लागि बाँकी काम तिव्ररुपमा अघि वढाउन समितिहरुलाई आग्रह गर्नु भएको छ ।
भ्रमण बर्षको उद्घाटन समारोहमा छिमेकी देशवाट समेत पाहुना बोलाउने तयारी गरीएको छ भने जातिय पहिचाहन झल्कने झाँकी प्रदर्शन गरीनुका साथै प्रदेश १ का सबै जिल्लामा उत्पादन हुने स्थानीय उत्पादन र परिकारको स्टल समेत राखिने मुल समारोह व्यवस्थापन उप समितिका संयोजक फणिन्द्र अधिकारीले जानकारी दिनु भयो । कार्यक्रमको उद्धघाटन एयर बेलुनबाट भिजिट नेपाल २०२० को झण्डा फहराएर साथै हेलिकोप्टरबाट पुष्पबृष्टि गरेर गरिने तयारी भएको छ ।
उद्धघाटन पूर्व साइकल÷मोटरसाइकल ¥याली, विभिन्न नाका र एयरपोर्टबाट आउने पर्यटकलाई स्वागत गर्ने समेत तयारी गरीएको छ । प्रदेश १ लाई समेटेर गायक सुमीत खड्काले तयार पारेको पर्यटन गीत बजाइने भएको छ । बैठकमा उप–समिति संयोजकहरुले आ–आफ्ना समितिले गरेका र अब बाँकी रहेका कामका बिषयमा जनाकारी दिएका थिए । भ्रमण वर्ष सफल बनाउन प्रदेश १ मा सबै जिल्लालाई समेटेर विभिन्न विषयगत १२ वटा उपसमिति बनाइएको छ ।
हाम्रो टिम
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रधान सम्पादक: लीलावल्लभ घिमिरे (९८५२०२३४२२)
सम्पादक: निरज दाहाल
बिशेष संवाददाता: डेविड घिमिरे (९८२९३२१४८३ )
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।