पत्रकार नवोदित सम्मानित

December 25, 2019     Paryatan Yatra

विराटनगर । दुई दशकदेखि पत्रकारिता र साहित्यमा सक्रिय मीनकुमार नवोदित जेसीजको राष्ट्रिय सम्मानबाट सम्मानित हुनु भएको छ ।

जेसीजको ४६ औं राष्ट्रिय महाधिवेशनमा नवोदितलाई चितवनमा वुधबार सम्मान गरीएको हो ।

पर्यटन यात्रा डट कमका कार्यकारी सम्पादक रहनु भएका नवोदित मकालु टेलिभिजनमा सहसम्पादक,  कारोवार राष्ट्रिय दैनिकमा प्रदेश १ संयोजक समेत रहनु भएको छ ।

चितवनको रत्नगरमा बुधबारबाट सुरु भएको महाधिवेशनका अवसरमा जेसीजले नावोदित सहित ८ जना युवाहरुलाई सम्मान गरेको हो ।

यस्तै जेसीजले कला संगीत तर्फ विल्सन विक्रम राई (तक्मे बुढो), विज्ञान प्रविधिबाट काठमाडौका विकल्प ढुङगाना, खेलकुदतर्फबाट राष्ट्रिय भलिवल टिमकी कप्तान म्याग्दीकी अरुणा शाही,मानवअधिकारका क्षेत्रमा भैरहवाकी विपना शर्मा र स्वास्थ्य क्षेत्रबाट चितवनमा विशाल श्रेष्ठ सम्मानित गरेको छ ।

जेसीजले काठमाडौकी सृजना तिम्सिनालाई देशको प्रतिष्ठा बढाउन उच्च भूमिका खेलेको भन्दै राष्ट्रिय सम्मान प्रदान गरेको छ ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सम्मान गर्नु भएको थियो ।

जेसीजले हरेक वर्ष राष्ट्रिय महाधिवेशनका अवसरमा विभिन्न क्षेत्रका ४० वर्ष मुनिका युवाहरुलाई सम्मान गर्दे आएको छ ।

शनिबारसम्म चल्ने महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । जेसीजका देशभर १ सय ५३ शाखा रहेका छन ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.