पर्यटकीय गन्तब्य बन्दै धनकुटाको राजारानी

December 27, 2019     Paryatan Yatra

धनकुटा । भेडेटारबाट करिब एक घन्टाको सवारी यात्रा पछि पुगीने राजारानीले मनै लोभ्याउँछ । भेडेटारबाट दाहीने तर्फको कच्ची सडकको यात्रालाई अघि वढाएपछि नाम्जे गाउँ पुगीन्छ । पछिल्लो समय होमस्टेका लागि निकै ख्यती कमाएको नाम्जेवाट अघि वढेपछि डाँडाबजार आउँछ । यात्रालाई अझै अघि वढाएपछि पुगिने चौबिसे गाउँपालिका वडा नम्बर ६ मा उपत्यका स्वरुपमा  रहेको राजारानीले सवैको मन लोभ्याउँछ । ताल, झरना र प्राकृतिक मनोरम दृश्यको लागि यो क्षेत्र प्रख्यात छ ।

राजारानी घुम्न आन्तरिकदेखि बाह्य पर्यटकसमेत पुग्ने गर्छन । रानी पोखरीमा जलबिहारको छुट्टै मजाले धेरै पर्यटकलाई तान्ने गर्छ । गाउँपालिकाले यो क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्न योजनागत विकास अघि सारेको छ । राजा पोखरी भने निर्माणको क्रममा नै रहेको छ । पोखरीको संरक्षणका लागि बाँध बाँध्ने काम पूरा भइसकेको छ । पोखरीको चारैतिर भ्यूटावर निर्माण गरिएका छन ।

पोखरीको अग्रभागमा ‘सेल्फी पोइन्ट’ निर्माण गरिएको छ । अहिले पोखरी क्षेत्रमा हरेक दिन तराईबाट वनभोजका लागि टोली पुग्ने गर्छन । वनभोज खान र प्रकृतिक मनोरम दृश्यको मजा लिनेका लागि राजारानी गतिलो गन्तब्य हो । पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दै गाउँपालिकाले थप पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा समेत काम सुरु गरेको छ ।

नागबेली ढुंगे दरबार क्षेत्रको संरक्षणसंगै राजारानीमा अवस्थित झरनासम्म पुग्ने पर्यटकको संख्या हरेक वर्ष बढ्दो क्रममा छ । झरनामा रानी पोखरीबाट गएको पानी नै छहराबाट झर्ने गर्छ । पर्यटन कार्यालय काकडभिट्टाले यो क्षेत्रको संरक्षणको लागि ट्रयाक निर्माण गरेको छ । झरनासम्म पुग्न सहज बनाइएको छ । राजारानी धरान हुँदै भेडेटार पुगेपछि पूर्व लाग्नु पर्छ । भेडेटारबाट पर्यटकीय क्षेत्र नाम्जे हुँदै कन्यापोखरी र डाँडाबाजारबाट राजारानी पुग्न सकिन्छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.