पर्यटन प्रबद्र्धन गर्न फोटो प्रदर्शनी हुने

December 28, 2019     Paryatan Yatra

धरान । सरकारले घोषणा गरेको भ्रमण वर्षको मिति नजिकि“दै जा“दा पर्यटनसम्बन्धी कार्यक्रमहरू हुने क्रम बढ्न थालेको छ ।
२०२० लाई सफल बनाउन भन्दै नेपाल फोटो पत्रकार महासंघ सुनसरीले प्रदेश–१ का पर्यटकीय स्थलहरूका तस्बिरहरूको प्रदर्शनीको आयोजना गर्ने भएको छ ।

प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको फोटो, सांस्कृतिक चिनारीका फोटो र पर्यटन प्रबद्र्धन हुने जुनसुकै फोटोहरू प्रदर्शनीमा राखिने नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईले बताउनुभयो । अंग्रेजी नया“ वर्षको अघिल्लो दिने पूर्वकै पर्यटकीयस्थल भेडेटारमा हुने फुड फेस्टिवलमा पहिलो फोटो प्रदर्शनी गरिने भएको छ । भेडेटार फुड फेस्टिवल पुस १५, १६ र १७ गते हु“दैछ । त्यसैगरी फोटो पत्रकार महासंघले ‘धरान डे’ को अवसरमा पुस २० गते धरानमा नै फोटो प्रदर्शनी गर्ने भएको छ । प्रदर्शनीमा सयभन्दा बढी फोटोहरू राखिने आयोजकले जनाएको छ । प्रदर्शनीमा राखिएका फोटोहरू बिक्रीसमेत गरिनेछ । महासंघका केन्द्रीय सदस्य उपेन्द्र चाम्लिङले तस्बिर आफै बोल्ने भएकाले यो प्रदर्शनीले प्रदेश १ का पर्यटकीयस्थलहरूका बारेमा धेरै जानकारी दिन सक्ने बताउनुभयो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.