फागुन २ गतेदेखि प्रथम खोटाङ–दिक्तेल महोत्सव

December 30, 2019     Paryatan Yatra

विराटनगर । खोटाङ जिल्लामा रहेका पर्यटकीय क्षेत्र र संकृतिको प्रचारप्रसारसँगै आर्थिक समृद्धिमा टेवा पु¥याउने भन्दै खोटाङ उद्योग वाणिज्य संघले फागुन २ देखि १२ गतेसम्म प्रथम खोटाङदिक्तेल महोत्सव को आयोजना गर्ने भएको छ ।

महोत्सवमा खोटाङका आदिवासीका संस्कृति भेषभुषाहरूको प्रदर्शनी, सूचना प्रविधिको प्रदर्शनी राखिनुका साथै कृषिजन्य वस्तुहरूको प्रतियोगात्मक प्रदर्शनी राखिने संघका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो । यसैगरी हरेक दिन ख्याती प्राप्त राष्ट्रियसँगै स्थानीय कलाकारहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने जनाइएको छ । हस्तकला, बालउद्यन, जातीय मौलिक खानाका परिकार, वृहत अन्तरक्रियादेखि हेलिकप्टरमार्फत माउण्टेन फ्याइटसमेत गराइने भएको छ ।  यस क्षेत्रको सम्रग आर्थिक तथा सामाजिक उतथानका लागि पर्यटन, उद्योग व्यापार, शिक्षा, स्वास्थ्य र कृषि, वन पैदावार, जडिबुटीको बजारीकरण र प्रवद्र्धनमा टेवा पु¥याउने महोत्सव आयोजकको लक्ष्य रहेको छ ।

यसैगरी जिल्लामा रहेका धार्मिक, सांस्कृतिक, रमणीय पर्यटकीयस्थलहरूको प्रचारप्रसार गर्ने, पर्यटन क्षेत्र, सिमेन्ट उद्योग, जलविद्युत, जरिबुटी, बन पैदावार जस्ता क्षेत्रमा लगानीको वातावरण बनाउने उद्देश्य महोत्सवले लिएको छ । यसैगरी जिल्लाबाट निकासीयोग्य वस्तुको पहिचाहन र प्रबद्र्धनमा सहयोग पु¥याउने, अन्य जिल्लाहरूसँग व्यावसायिक र व्यवाहारिक सम्बन्ध बढाउने जस्ता उद्देश्य लिएको छ । महोत्सवको अवधिमा १ अर्बको कारोबार हुने आयोजकको दाबी छ । महोत्सव १ लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

जिल्लामा प्रसिद्ध हलेसी महादेवस्थान रहेको छ । यहा दर्शन गर्न विदेशबाट समेत भक्तजनहरू आउने गर्छन् । यसैगरी सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रहेको मझुवागढी, कालिका भगवती मन्दिर र भुलभुले दूधकुण्डको दर्शन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । जिल्लाकै अर्को बगरे भञ्ज्याङको रुरु ताल तथा भ्यूटावर एलम्बर पार्क रुपाकोट, टेम्के, मैयू, बाराहापोखरी, जस्ता महत्वपूर्ण पर्यटकीयस्थलहरूमा अहिले निर्माणाधिन अवस्थामा छन् । यो जिल्ला समुद्री सतहबाट १५२ देखि ३६२० मिटरको उचाइमा रहेको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.