भेडेटारमा फुड फेस्टिवल शुरु, जाने हैन त चाख्न ?

December 31, 2019     Paryatan Yatra

धनकुटा । अंग्रजी नयाँ बर्ष २०२० को स्वागत गर्दै मंगलवार पर्यटकीय बजार भेडेटारमा आठौं फुड फेस्टिवलको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नु भएको छ । परम्परागत जातिय खानाका परिकार, स्थानीय अर्गानिक कृषि उत्पादनका बस्तुहरु महोत्सवका आकर्षण रहेका छन् ।

यसका साथै भेडेटार, नाम्जे, ओख्रे, राजारानी, सागुरिगढि, नमस्ते झरना, लेउती–उत्तरगंगा, बिश्रान्तिधाम लगायतका पर्यटकिय श्रृखंलाको प्रचारप्रसार गरि पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले फोटो प्रदर्शनी समेत राखिएको छ । महोत्सवका लागि  तराईका विभिन्न जिल्ला छिमेकी देश भारतका विभिन्न सहरवाट पर्यटकहरु भेडेटार पुगेका छन् । होटल एसोसिएसन भेडेटारले हरेक बर्ष यस्तो महोत्सव गर्दै आएको छ । होटल एशोसिएशन भेडेटारको आयोजनामा यो महोत्सव तीन दिनसम्म सम्म चल्ने छ । आन्तरीक तथा बाह्यि पर्यटन प्रबद्धन गर्ने उदेश्यले पर्यटकीय स्थल भेडेटारमा अंग्रजी नयाँ वर्ष २०२० को अवसरमा आठौं खाना महोत्वसवको आयोजना गरिएको होटल एशोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताउनु भयो । पुस १५, १६ र १७ गते हुने फेस्टिवलमा आउने पाहुनालाई बस्नको लागि भेडेटारका होटलहरुले १० प्रतिशत छुटदिने उहाँले जानकारी गराउनु भयो । स्थानीय होमस्टे लगाएतका होटल र स्टलहरुमा राई मगर, लिम्बु गुरुङ्ग, याम्फु लगाएत स्थानीय १० जातीका परंपरागत खानाका परिकार राखिएको छ ।

पर्यटन बर्ष २०२० को अवसरमा भेडेटारबाट सुनसरीको धरानसम्म प्याराग्याईडिङ र माउन्टेन वाईकको घोडचडि विशेष आकर्षण रहेका छन् । भेडेटारमा हुने फुडफेस्टिबल संगै पाथिभरा मन्दिर नमस्ते झरना साथै ऐतिहाँसिक साँगुरी गढि घुम्ने प्याकेज तयार गरिएको छ । तमोर नदीको मुलघाट देखि सुनसरीको चतरासम्म ¥याफ्टीङ सेवा  लगाएत आसपासको क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रसम्म पुग्न प्याकेज कार्यक्रम समेत तयार गरिएको हाटल एसोयसन भेडेटारका पूर्व अध्यक्ष लिलाराज लावतीले बताउनु भयो ।

विषेश गरी भारतीय पर्यटकको आर्कषणको केन्द्रको रुपमा विकास हुँदै गरेको भेडेटारमा हुने फेस्टिबलमा पर्यटकीय आर्कषण खानाका परिकारसंगै अर्गानिक तरकारी तथा फलफुलको प्रर्दशनी, हस्तकलाका सामग्री, कृषि सामाग्री प्रर्दशनीका आकर्षण रहेका छन् । यसवर्ष ३० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्राउने योजना सहित सुरु गरिएको फेष्टिवलमा एक करोड रुपैंया बरावरको आर्थिक कारोवार गर्ने योजना रहेको अध्यक्ष रुम्दालीको भनाई रहेकोछ ।

भेडेटार क्षेत्रका साँगुरीगडी लगायत पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जेमा रहेको आत्माघर, शैलुङडाँडा भ्यूटावर, थुम्की बौद्धविहार गुम्बा, जनजाती पार्क लगायतका ठाउँसम्म पर्यटक लैजाने ३ दिने प्याकेज बनाइएको छ । भेडेटारको नाम्जेमा रहेको होमस्टेको बास संगै मगर जातीका खाना परिकार एवं हुर्रानाँच लगाएत सँस्कृतिक झाँकी संगै रम्न सकिने आयोजकले बताएका छन । यसै गरी माउण्टेन फ्लाईटको हेलिकप्टरबाट ताप्लेजुङ्गको पाथिभरा मन्दिर एवं माउण्टेन फ्लाईटको समेत व्यवस्था गरिएको छ । भेडेटारका सुविधायुक्त ६५ ओटा होटलमा चार सय कोठाहरु रहेका छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.