तामझामका साथ भ्रमण वर्षको शुभारम्भ

January 1, 2020     Paryatan Yatra

विराटनगर । अंग्रेजी नया“ वर्षलाई भव्य स्वागत गर्दै प्रदेश–१ सरकारले एक वर्षभित्र ५ लाख पर्यटक भित्र्याएरै छाड्ने उद्घोष गरेको छ । बुधवार प्रदेश राजधानी विराटनगरको सहिद रंगशालामा तामझामका साथ पर्यटन वर्षको शुभारम्भ पानसमा बत्ती बालेर मुख्यमन्त्री शेरधन राईले गर्नुभयो ।
प्रदेश–१ मा पर्यटन विकासको प्रचुर सम्भावना रहेकाले दश वर्षभित्र प्रदेश–१ लाई पर्यटनको क्षेत्रमा एक नम्बर नै बनाउने मुख्यमन्त्री राईले दाबी गर्नुभयो । “अहिले कुल गार्हस्थ उत्पादनमा हाम्रो प्रदेशले एक दशमलव ९३ प्रतिशत योगदान दिइरहेको छ,” मुख्यमन्त्री राईले भन्नुभयो, “आजबाट पा“च प्रतिशत पु¥याउने बाटोमा हामी हिंडिसक्यौं ।”
पर्यटन वर्ष मूल समिति अध्यक्ष उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदीसप्रसाद कुसियैतले पर्यटन वर्षलाई भव्य रुपमा सफल बनाउन सरकारले कुनै कमजोरी नगर्ने बताउनुभयो । कार्यक्रममा भारतको पश्चिम बंगालबाट आएका पर्यटन व्यवसायी राज बसुले सिक्किम र पश्चिम बंगालस“ग प्रदेश–१ ले जोइन्ट सर्किट बनाएर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
“प्रदेश–१ ले सिक्किमस“ग गुरा“स सर्किट, बंगालसँग रेडपान्डा सर्किट र तराईमा हात्ती सर्किट बनाएर पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिन्छ,” उहा“ले भन्नुभयो । यसबाट दुवैतर्फका प्रदेश सरकारले फाइदा लिन सक्ने उहा“को भनाइ थियो । कार्यक्रममा समितिका समितिका सहसंयोजक राजन श्रेष्ठले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने उपसमितिका संयोजक फडिन्द्र अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा गायक सुमित खड्का र गायिका प्राश्ना शाक्यले पर्यटनस“ग सम्बन्धित गीत सुनाउनुभएको थियो । उद्घाटन समारोहमा विद्यार्थी, संघसंस्थाका प्रतिनिधिले जातीय झा“कीसहित नृत्य प्रस्तुत गरेका थिए । सेना, सशस्त्र र जनपद प्रहरीले कवाजसहित सांगीतिक प्रस्तुति गर्दै मार्चपास गरे । यस्तै लोकनाच, सन्थाल नाच, झा“गड नाच प्रस्तुत गरिएको थियो । सेनाको हेलिकोप्टरले रंगशाला क्षेत्रमा पुष्पवृष्टि गरेको थियो । हट एयर बेलुनमा भ्रमण वर्षको लोगो उठाइएको थियो । यसैगरी स्थानीय कलाकारहरूले समेत आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा पर्यटन दूत कामिरिता शेर्पा, मिङमा शेर्पा, मिसेस युनिर्भस २०१७ पिंकी राजगढिया, कलाकार दीपाश्री निरौला, अग्ला व्यक्ति राजन अधिकारी पनि सहभागी थिए ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.