धनकुटा । पूर्वको प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा आयोजित ‘आठौं फुड फेष्टिवल’ मा १५ हजार जनाभन्दा बढी पर्यटकले अवलोकन गरेका छन् । तीन दिनदेखि सञ्चालनमा रहेको फेष्टिवलमा आन्तरिक र बाह्यले अवलोकन गरेको आयोजकको भनाइ छ । ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको आयोजक होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताउनुभयो । अंग्रेजी नयाँ वर्ष २०२० को पूर्वसन्ध्यामा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले ‘आठौं फुड फेष्टिवल’ को उद्घाटन गर्नुभएको थियो । बिहीबार साँगुरीगढी गाउँपालिकाका प्रमुख कुमारजंग याख्खाले फेष्टिवलको औपचारिक समापन गर्नुभयो । फेष्टिवलमा परम्परागत जातीय खानाका परिकार, स्थानीय अर्गानिक कृषि उत्पादनका वस्तुहरू महोत्सवका आकर्षणका रूपमा रहेका थिए । यसका साथै भेडेटार, नाम्जे, ओख्रे, राजारानी, साँगुरीगढी, नमस्ते झरना, लेउती–उत्तरगंगा, विश्रान्तिधामलगायतका पर्यटकीय श्रृंखलाको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले फोटो प्रदर्शनीसमेत राखिएको थियो । फेष्टिवलका अवसरमा माउन्टेन हेलिकप्टरले भेडेटारको दृश्यावलोकनसमेत गराएको थियो । तीन दिनसम्म सञ्चालन भएको फेष्टिवलको समापन गर्दै साँगुरीगढीका अध्यक्ष याख्खाले आफ्नो गाउँपालिकामा ८१ वटा पर्यटकीयस्थल रहेका भन्दै त्यसमध्ये पहिलो चरणमा १० स्थानको छनोट गरी तिनीहरूको पूर्वाधारदेखि अन्य सबै खाले विकास गर्ने योजना रहेको बताउनुभयो । त्यसका लागि स्थानीयले तहले प्रदेश र केन्द्र सरकारसँग आवश्यक सामान्य अघि बढाउने काम भइरहेको उहाँको भनाइ थियो । कार्यक्रममा घुमघाम मिडिया प्रालिका अध्यक्ष एवं पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठले प्रदेश–१ ले पर्यटनको विकास गर्नका लागि छिमेकी देश भारतलाई मध्यनजर गरेर योजना बनाउनुपर्ने बताउँदै सडकमा हुने सुरक्षाकर्मीका व्यवहारदेखि हाम्रो भन्सारका व्यवहारमा समेत सुधार आवश्यक रहेको बताउनुभयो । साँगुरीगढी वडा नम्बर ६ भेडेटारका वडा अध्यक्ष यामप्रकाश मगरले भेडेटारलाई हरेक दृष्टिकोणबाट सुरक्षित पर्यटकीयस्थल बनाउन आफूहरू लागि परेको दाबी गर्नुभयो ।
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रबन्ध सम्पादक: लीलावल्लभ घिमिरे
सम्पादक: निरज दाहाल
कार्यकारी सम्पादक : मीनकुमार नवोदित
व्यवस्थापक : ज्ञानमणि नेपाल ,फडिन्द्र अधिकारी
सम्पर्क ९८५२०२३४२२, ९८५२०२०२८७, ९८५२०५६७११, ९८५२०२३११५, ९८४२०२८०४९
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।