धनकुटा । पर्यटकीय जिल्ला धनकुटामा पछिल्लो समय साहसिक पर्यटनमा लगानी र आकर्षण दुवै बढ्दो छ । धरानबाट उकालो लागेपछि पुगिने रमणीय बजार भेंडेटार त्यसको पूर्वमा रहेको नाम्जे, डाँडाबजार, राजारानी मात्र होइन कोशी राजमार्गको क्षेत्रमा रहेको नमस्ते झरना, मुलघाट हुँदै धनकुटा सदरमुकाम, चुलीवनदेखि हिले, पाख्रिबासलगायतका दर्जनभन्दा बढी पर्यटकीयस्थलहरू छन् ।
यसबाहेक पछिल्लो समय जिल्लामा भित्रिएका साहसिक खेलले झनै पर्यटक लोभिन थालेका छन् । क्यानोनिङ,¥याफ्टिङत्यस्तै जिपलाइन, प्याराग्लाइडिङ, बञ्छीजम्प, रक क्लाइमिङलगायतको धनकुटामा प्रशस्त सम्भावना छन् । यी मध्ये केही खेल धनकुटामा सञ्चालनमा रहेका छन् भने केही निर्माणाधीन त केही अध्ययनको क्रममा रहेका छन् ।
क्यानोनिङ
भेडेटार नजिकै रहेको नमस्ते झरनामा व्यावसायिक रूपमा क्यानोनिङ खेल हुने गरेको छ । डोरीको सहायताबाट झरनाको पानीसँगै झरिने खेल लाइनै क्यानोनिङ भनिन्छ । नमस्ते झरनामा करिब ५५ मिटर अग्लो झरनाबाट डोरीको सहायताले पानीसँगै झर्ने गरिन्छ । अहिले नमस्ते झरनामा थप पूर्वाधार तयार गरेर खुल्ला गरिसकिएको छ । प्रचारप्रसार अभावका कारण क्यानोनिङ नियमित हुन नसकेको छैन । यसबाहेक धनकुटाको लेगुवा झरना, लेम्लेमेसहित विभिन्न साना–ठूला झरनामा समेत क्यानोनिङ गराउन सकिन्छ । तर पूर्वाधार र प्रचारप्रसार अभावका कारण क्यानोनिङ नमस्ने झरनामा बाहेक अन्य झरनामा सम्भव हुन सकेको छैन ।
¥याफ्टिङ
तमोर नदीमा धनकुटाको मुलघाटदेखि सुनसरीको चतारासम्म पानीको साहसिक खेल ¥याफ्टिङमार्फत बर्सेनि सयौंले मनोरञ्जन लिंदै आएका छन् । २०६४ सालबाट तमोर नदीमा सुरु भएको ¥याफ्टिङ अहिले तीन कम्पनीले गराउँदै आएका छन् । नेपालकै तेस्रो उत्कृष्ट ¥याफ्टिङ गन्तव्य मानिएको तमोर नदीमा मंसिरदेखि जेठसम्म नियमित रूपमा ¥याफ्टिङ हुने गर्छ । करिब ३४ किलोमिटरको यो यात्रा नेपालकै छोटो र रमाइलो हुने गरेको छ । माइनस ४ डिग्रीसम्मको ‘¥यापिट’भएकाले मस्र्याङ्दी नदी र भोटेकोसीपछि तमोर नदीलाई ¥याफ्टिङका लागि उत्कृष्ट गन्तव्यको रूपमा रहेको सेतु एड्भेन्चर प्रालिका सञ्चालक सेतु सिलवाल बताउँनुहुन्छ । एकदिनको प्रतिव्यक्ति २५ सय रूपैयाँ लाग्ने सो साहसिक खेलमा प्रत्येक वर्ष सयौंले मनोरञ्जन लिँदै आएका छन् ।
धनकुटामा ¥याफ्टिङका लागि याक्चना घाटबाट समेत गर्न सकिन्छ । त्यसो त पाँचथर जिल्ला तथा काबेली नदीबाट समेत ¥याफ्टिङ हुने गरेको छ । तर लामो रुटको ¥याफ्टिङ खासै फस्टाउन नसके पनि छोटो रुटको मुलघाट–चतारा भने निक्कै चल्ने गरेको छ । व्यवसायीहरूले मुलघाटबाट एक र दुई दिनको प्याकेजमा ¥याफ्टिङ लैजाने गरेका छन् । एकदिनको प्याकेजमा मुलघाटबाट करिब ६ घण्टा लगाएर चतारा पु¥याउने गरेका छन् । त्यस्तै दुई दिनको प्याकेजमा भने एक रात बगरमै टेण्ट टाँगेर रात बिताउने गरिन्छ ।
प्याराग्लाइडिङ
पर्यटक आकर्षित गराउने अर्को महत्वपूर्ण माध्यम प्याराग्लाइडिङ पनि हो । प्याराग्लाइडिङ डाँडाबाट हावाको चालमा चराजस्तै आकाशमा रमाउँदै विभिन्न मनोरम दृश्य अवलोकन गर्दै तल्लो क्षेत्रमा झर्ने एक साहसिक खेल हो । धनकुटा नगरपालिकाको चुलिवन क्षेत्र र भेडेटारबाट प्याराग्लाइडिङ उडाउन परीक्षण गरिसकिएको छ । र, दुवै स्थानमा सफलसमेत भइसकेको छ । भेडेटारबाट उडान गरेर धरानमा ल्याण्डिङ गर्ने गरिएको छ । धरानको धरान स्काइ एडेभेन्चर प्याराग्लाइडिङ प्रालिले यहाँबाट पर्यटकलाई सेवा दिंदै आएको छ ।
पाँच वर्षअघिबाट सुरु गरिएको प्याराग्लाइडिङमा पहिलो दुई वर्षसम्म बढी आकर्षण भए पनि त्यसयता भने सामान्य छ । हाल प्रतिव्याक्ति ६ हजार रूपैयाँमा भेडेटारबाट धरानसम्म उड्न सकिन्छ । यसबाहेक धनकुटामा अन्य धेरै स्थानबाट समेत प्याराग्लाइडिङ गराउन सकिन्छ ।
जिपलाइन
लठ्ठाको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँ पुग्ने खेल नै जिपलाइन हो । यो प्रायः दुई पहाडको बीचमा निर्माण गरिएको हुन्छ । जिपलाइनको अवस्थाअनुसार लठ्ठाको साहरामा बसेर घोप्टो परेर वा उत्तानो परेर खेल्ने व्यवस्था मिलाइएको हुन्छ । धनकुटाको भेडेटारमा प्रदेश–१ कै पहिलो ‘जिपलाइन’निर्माणाधीन अवस्थामा छ । स्थानीय युवा उद्यमी आशिष राई र किरण राईको करिब ३ करोड रूपैयाँको लगानीमा करिब १५ सय मिटर लामो ‘जिप फ्लायर’बन्न लागेको हो । भिरालो क्षेत्रमा तारमा घिर्नीजस्तै झर्ने खेललाई ‘जिप फ्लायर’भनिन्छ । ‘जिप फ्लायर ‘लन्च प्याड’साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ खर्क डाँडाबाट हुने र सोही वडाकै कार्कीछापमा ‘ल्यान्डिङ स्टेसन’हुनेछ । यसबाहेक धनकुटामा अन्य धरै स्थानमा लामो तथा छोटो दूरीको ‘जिपलाइन’सञ्चालन गर्न सकिले स्थानीय पर्यटन व्यवसायी बताउँछन् ।
स्काई वाक
स्काई वाक अर्थात् आकाशमार्गमा हिंड्ने बाटो । यो दुई पहाड वा भवनमा सिसा पुल निर्माण गरी जोडेर निर्माण गर्न सकिन्छ । छिमेकी मुलुक चीनमा निकै प्रख्यात रहेको स्काई वाक नेपालमा भने सञ्चालन हुन सकेको छैन । आफू उभिएको वा हिंडिरहेको ठाउँबाट मुनिको भूभाग प्रस्ट देख्न सकिने गरी यो निर्माण गरिएको हुन्छ । पर्यटकीय नगरीभेडेटारमा निजी क्षेत्रले स्काई वाक निर्माण गर्न चासो देखाएको छ । काठमाडौंको कमलादीस्थित वन्डर नेपालले सिसाको पुल अर्थात् स्काई वाक निर्माण गर्न चासो देखाएको हो ।
भेडेटारबाहेक धनकुटाका अन्य धेरै स्थानमा स्काई वाक सञ्चालन गर्न सकिन्छ । दुई अग्ला डाँडालाई जोडेर होस् या कुनै डाँडाको वरिपरि घेरेर यो निर्माण गर्न सकिन्छ । यो पर्यटक तान्ने अर्को महत्वपूर्ण माध्यम हो ।
बञ्जीजम्प
दुई डाँडालाई पुलको माध्यमबाट जोडेर पुलबाट विशेष प्रकारको डोरीको सहायतामा दुई डाँडाबीचको गहिरो भागमा झर्ने एक प्रकारको साहसिक खेलनै बन्जीजम्प हो । यो अग्ला टावरबाट पनि गर्न सकिन्छ । तर, नेपालमा भने पुलको माध्यमबाट गर्ने गरिन्छ । नेपालमा हाल भोटेकोसीमा सञ्चालित बन्जीजम्प निक्कै चर्चित छ । धनकुटामा बन्जीजम्पको समेत प्रशस्त सम्भावना छ । धनकुटाको साँगुरीगढी–६ को कार्कीछापमा बन्जीजम्पको सम्भाव्यता अध्ययन सुरु भइसकेको छ ।
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रबन्ध सम्पादक: लीलावल्लभ घिमिरे
सम्पादक: निरज दाहाल
कार्यकारी सम्पादक : मीनकुमार नवोदित
व्यवस्थापक : ज्ञानमणि नेपाल ,फडिन्द्र अधिकारी
सम्पर्क ९८५२०२३४२२, ९८५२०२०२८७, ९८५२०५६७११, ९८५२०२३११५, ९८४२०२८०४९
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।