विराटनगर । तेह्रथुम र संखुवासभाको सीमावार्ती क्षेत्रमा हिउँ खेल्न जाने क्रम अहिले पनि रोकिएको छैन । हिउँ पर्न कम भए पनि पग्लिन समय लाग्ने भएकाले दुई दिनअघि परेको हिउँ अहिलेसम्म छ । अझै तीन दिन हिउँ खेल्न पाइने स्थानीयले बताए । तेह्रथुमको वसन्तपुर बजारभन्दा करिब ३ किलोमिटर उत्तरतर्फ रहेको गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले क्षेत्रका डाँडाहरू हिउँले सेताम्मे भएका छन् । यी तस्बिरहरू मंगलबार मध्यान्हपछि लिएका हुन् । हिउँ खेल्न जान धरानबाट धनकुटा, हिले, जोरपाटी, सिधुवा, चित्रे हँुदै वसन्तपुर बजारसम्मको कोशी राजमार्गको यात्रा गर्नुपर्छ । धरानबाट करिव ३ घण्टाको यात्रापछि वसन्तपुर बजार पुगिन्छ । वसन्तपुर बजारमा बस्नका लागि राम्रा होटलहरूको व्यवस्था छ ।
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रबन्ध सम्पादक: लीलावल्लभ घिमिरे
सम्पादक: निरज दाहाल
कार्यकारी सम्पादक : मीनकुमार नवोदित
व्यवस्थापक : ज्ञानमणि नेपाल ,फडिन्द्र अधिकारी
सम्पर्क ९८५२०२३४२२, ९८५२०२०२८७, ९८५२०५६७११, ९८५२०२३११५, ९८४२०२८०४९
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।