भ्रमण वर्षलाई लक्षित गरी भेंडेटारमा पदयात्रा

January 12, 2020     Paryatan Yatra

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ मा रहेको साँगुरीगढीबाट धारापानी, हुक्काबास हुँदै फेदीसम्म शनिबार पदयात्रा गरिएको छ  ।

एकीकरण पद मार्गको संरक्षण, समृद्ध धनकुटाका लागि पर्यटन भन्ने नाराका साथ पृथ्वीजयन्ती र पर्यटन वर्ष २०२० लाई  लक्षित गरी नेपाली सेनाको बरख गण सल्लेरी धनकुटाको आयोजनामा पदयात्रा गरिएको हो । पदयात्राको सुरुवात गर्दै नेपाली सेनाको २ नम्बर बाहिनी अड्डा हिलेका बाहिनीपति सहायक रथी यमप्रसाद ढकालले ऐतिहासिक सम्पदाहरूलाई बचाउन सके हाम्रो परम्परा र संस्कृति पनि  जीवित रहने बताउँदै पदयात्राले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने धारण राखेका थिए । । पदयात्रामा  जनप्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पर्यटन व्यवसायी पत्रकारसहितको करिब ३ सयभन्दा बढीको सहभागिता रहेको थियो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.