विर्तामोड । ‘राष्ट्रिय भाक्का दिवस’ कार्यक्रमको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । कोच राजवंशी समुदायले पुस २९ गतेलाई भाक्का दिवसका रूपमा मनाउन थालेका हुन् । झापाको विर्तामोड बजारमा यस वर्षको भाक्का दिवस मनाइँदैछ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा पुस २९ गते झापाको विर्तामोडमा वृहत सांस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भाक्का दिवस’ मनाउने तयारी गरिएको छ ।
कार्यक्रमका लागि मञ्च व्यवस्थापन, अतिथि निमन्त्रणा, सांस्कृतिक टोलीहरूको तयारी, भाक्काको विभिन्न परिकारको तयारी गरिसकेको आयोजक समिति कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिनुभयो । भाक्का दिवस कार्यक्रम मंगलबार बिहान ८ बजेदेखि विर्तामोडको वान स्टप मल अगाडि सुरु हुनेछ ।
भाक्का कोच राजवंशी समुदायले चिसो (हिउँदे) मौसममा खाने प्रमुख परिकार हो । पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएपछि भाक्का खाने चलन व्यापक बनेको छ । राजवंशी जातिमा मात्र सीमित रहेको भाक्का खाने चलन सबै जातजातिबीच लोकप्रिय बनेपछि यसलाई प्रवद्र्धनात्मक कार्यक्रमसहित पुस २९ गते भाक्का दिवस मनाउन थालिएको राजवंशीले बताउनु भयो । ‘विगतभन्दा यो बर्षको भाक्का दिवसलाई विशेष तरिकाले मनाउने तयारी सम्पन्न गरेका छौं,’ अभय राजवंशीले भन्नुभयो, ‘आशा छ, भोलि बिहान कार्यक्रममा उपस्थित भएर हाम्रा सम्पूर्ण अतिथिहरूले विभिन्न परिकारको भाक्का खानु हुनेछ र, हाम्रो सांस्कृतिक कार्यक्रममा रमाउनु हुनेछ ।’
आमजनमानसले भाक्कालाई जाडोको सिजनमा चोक–चोकमा खान पाइने एक सामान्य खाजाको रूपमा लिने गरे पनि भाक्का अग्र्यानिक र स्वास्थ्यका लागि हितकर खाजा भएको राजवंशीले दाबी गर्नुभयो । भाक्का चामलको पीठोबाट बनाइन्छ । शुद्ध चामलको पीठोलाई पानीको बाफमा पकाएर भाक्का बनाउने गरिन्छ । पीठोको चामलमा कुनै वस्तु मिसावट नहुने तथा पानीको बाफमा मात्र पकाउने गरेकाले भाक्का पूर्ण अग्र्यानिक र स्वास्थ्यकर खाजाको रूपमा परिचित छ । भाक्का दिवस कार्यक्रममा कोच राजवंशी समुदायको परम्परागत विभिन्न स्वादमा भाक्का खानुका साथै कोच लोक सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुति रहने अध्यक्ष राजवंशीले बताउनुभयो ।
यस बर्षको भाक्का दिवस कार्यक्रमलाई प्रदेश १ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सहयोग गरेको छ । भाक्का दिवस कार्यक्रमको मुख्य प्रायोजकमा सन्दर्भ बहुउद्देश्यीय सहकारी संस्था घैलाडुब्बा रहेको छ भने सहयोगीमा कनकाई नगरपालिका, न्यू लाइफ स्टाइल फेसन वेयर बिर्तामोडलगायत रहेका छन् । भाक्का दिवसको अनलाइन मिडिया पार्टनरमा पर्यटनयात्रा डटकम विराटनगर रहेको छ ।
तस्विरहरुः वेदराज पौडेल
हाम्रो टिम
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रधान सम्पादक: लीलावल्लभ घिमिरे (९८५२०२३४२२)
सम्पादक: निरज दाहाल
बिशेष संवाददाता: डेविड घिमिरे (९८२९३२१४८३ )
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।