विराटनगर । विराटनगरस्थित हिमालय रोडमा वुधवार साँझ सुरु भएको विराट सडक महोत्समा सयौंको संख्यामा खानाका पारखीहरुको भीड लागेको थियो । स्थानीय संस्कृति र जातीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यसाथ महोत्सव शुरु गरिएको हो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले एक औपचारिक कार्यक्रमबीच महोत्सव उद्घाटन गर्नु भएको थियो । महानगरपालिकाको मुख्य प्रवद्र्धनमा आयोजित महोत्सव मञ्जिना मुभिज क्रिएसनले आयोजना गरेको हो । उद्घाटन समारोहमा महानगर प्रमुख पराजुलीले खाना र संस्कृति पनि पर्यटन पवद्र्धनको प्रमुख आधार भएको भन्दै भ्रमण बर्ष सफल बनाउन यस्ता कार्यक्रम सहयोगी हुने वताउनु भयो ।
महोत्सवमा नेवारी, थारु, मारवाडी, थकालीसहित स्थानीय विभिन्न जातिका खानाका परिकारहरू मुख्य आकर्षण रहेका छन् । फुड ट्रक थप आकर्षणका रुपमा प्रस्तुत गरिने आयोजकको भनाइ छ ।
महोत्सवमा ५० वटा स्टल छन् खानाबाहेक स्थानीय उत्पादन, व्यावसायिक स्टल पनि राखिएको छ । आयोजक समितिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले महोत्सवले पर्यटन बर्षलाई सहयोग पुग्ने बताउनु भयो । उद्घाटन समारोहमा बोल्दै मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले स्थानीय व्यापार प्रवद्र्धनका लागि पनि महोत्सव सफल हुने विश्वास व्यक्त गर्नु भयो । पर्यटन यात्रा डटकमका अध्यक्ष एवंम पर्यटन व्यवसायी भविषकुमार श्रेष्ठले महोत्सव निक्कै आकर्षक रुपमा प्रस्तुत हुने र सराहनीय भएको बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले खाना र नाचगानलाई साथै प्रस्तुत गरिनु सकारात्मक भएको बताउनु भयो ।
महोत्सवमा हरेक साँझ स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहने छ । सीमावर्ती भारतीय बजार जोगबनी, फारविसगञ्ज, सुनसरी, मोरङ, झापालगायतका १ लाखभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने कार्यक्रम सहसंयोजक सन्तोष महत (स्यान्ट्रो)ले बताउनु भयो । तीन दिनसम्म सञ्चालन हुने महोत्सव हरेक दिन ३ देखि राती ८ बजेसम्म सञ्चालन हुनेछ ।
हाम्रो टिम
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रधान सम्पादक: लीलावल्लभ घिमिरे (९८५२०२३४२२)
सम्पादक: निरज दाहाल
बिशेष संवाददाता: डेविड घिमिरे (९८२९३२१४८३ )
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।