विराटनगर । प्रदेश–१ मा घुम्न आउने निम्तो दिंदै पूर्वको पाँचथरबाट हिंडेका युवाहरूको टोली लगातार १६ दिनको मोटसाइकल यात्रापछि पश्चिम बैतडीको झुलाघाट पुगेको छ । १६ दिनअघि पाँचथरको फिदिमबाट हिंडेको उक्त टोली बिहीबार झुलाघाट पुगेको हो । उनीहरू मध्यपहाडी लोकमार्गबाट मोटसाइकलमा गएका थिए । शुक्रबार टोली फर्कने क्रममा डँडेलधुरा सदरमुकाममा आइपुगेको छ । ‘१६ दिनको यात्रा पूरा गरेर फर्कने क्रममा डँडेलधुरामा वर्षातका कारण रोकिएका छांै,’ टोलीका सदस्य दीपक बोहोराले भन्नुभयो, ‘तीन दिनमा फिदिम पुग्छौं ।’ ‘नेपाल–यात्रा’ नाम दिएको उक्त अभियानको एउटै उद्देश्य थियो, भ्रमण वर्ष २०२० को प्रचार गर्ने, एक नम्बर प्रदेश घुम्न निम्तो दिने । उक्त टोली भ्रमण वर्षको पहिलो दिन पुस १६ गते फिदिमबाट हिंडेको थियो । नेपाल–भारतको सिमानामा पर्ने पाँचथरको चिवाभञ्याङदेखि बैतडीको झुलाघाट जोड्ने राष्ट्रिय गौरव पुष्पलाल (मध्यपहाडी) लोकमार्गको मोटरसाइकल यात्राका लागि पाँचथरका ११ जना युवाहरूले सहासिक यात्रा गरेका हुन् । टोलीमा राजनीतिकर्मी, पत्रकार, व्यवसायी, कर्मचारी र युवाहरू सहभागी थिए । दैनिक करिब २ सय किलोमिटर यात्रा टोलीले गरेको थियो । भ्रमण वर्षको प्रचार गर्ने र समुदायमा उत्साह जगाउने प्रमुख लक्ष्य रहेको यात्राका सहभागी हर्क नेम्बाङ (मिक्सो) ले बताउनुभयो । ‘मध्यपहाडी लोकमार्गको वारपार पहिलोपटक मोटरसाइकल भएर यात्रा गरेका छौं,’ उहाँले थप्नुभयो, ‘पर्यटन प्रवद्र्धनसँगै आर्थिक, सामाजिक, भौतिकलगायतका अवस्थाको अध्ययनसमेत गरेका छौं ।’ नेपालका २३ जिल्लाका २ सय १५ भन्दा बढी बस्ती छोएर झुलाघाट पुगिन्छ । १ हजार ७ सय ७६ किलोमिटर लामो मध्यपहाडी लोकमार्गले छुने सदरमुकाम र स्थानीय तहकोे केन्द्रमा अन्तरक्रियासमेत गरिएको थियो । यात्रामा हर्क नेम्वाङ, गिरिराज बाँस्कोटा, सुमन लामा, दीपक दुलाल, धनकुमार लावती, दीपक बोहोरा, पविन माखिम, रूपेन्द्र तामाङ, जलकुमार तामाङ, तुलाराम रिमाल र छवि चापागाईं सहभागी हुनुभएको थियो ।
तस्बिरहरू दीपक दुलालको फेसबुकबाट लिएका हुन् ।
हाम्रो टिम
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रधान सम्पादक: लीलावल्लभ घिमिरे (९८५२०२३४२२)
सम्पादक: निरज दाहाल
बिशेष संवाददाता: डेविड घिमिरे (९८२९३२१४८३ )
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।