ओझेलमा ताप्लेजुङको चमेरे गुफा

January 20, 2020     Paryatan Yatra

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खीम अमटार बस्तीमा रहेको चमेरे गुफा प्रचार–प्रसार नहँुदा ओझेलमा परेको छ । गुफाको संरक्षण र प्रचार–प्रसार गर्ने हो भने आकर्षक पर्यटकीय गन्तव्य स्थल बन्न सक्छ । दुई दशकअघि जति संख्यामा चमेरा देखिन्थ्यो उति नै संख्यामा अहिले पनि देख्न स्थानीयको भनाइ छ । विश्वमा नै दुर्लभ हुँदै गएको चमेरालाई संरक्षण गर्ने उद्धेश्यले विभिन्न क्षेत्रमा संरक्षण क्षेत्र नै घोषणा गरिए पनि वषौंदेखि हजारौंको संख्यामा चमेरा यो गुफामा बस्दै आएका छन् ।
गुफामा पहिले आन्तरिक पर्यटहरु हेर्न पुग्ने गरेपनि अहिले त्यहाँ पुग्ने बाटो सांघुरो र अप्ठ्यारो भएकाले कमी आएको छ । प्रचार–प्रसार नहुँदा पर्यटकलाई तान्नसमेत नसकिएको स्थानीय श्याम तामाङले बताउनु भयो ।
यसअघिका विभिन्न निर्वाचनमा गुफालाई संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सवै दलका उम्मेदवारको नारा बन्ने गरेपनि निर्वाचनपछि भने कसैले वास्ता नगरेको स्थानीयको आरोप छ । यस्तै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके फाइदा पुग्नेमा समेत स्थानीयले बताए ।
चमेरा रहेका गुफाहरु कमै मात्र पाईने गरेकाले पनि यस गुफालाई संरक्षण गर्दै प्रचार प्रसार गर्न सके पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने स्थानीयले दावी गरेका छन् । स्तनधारी जीव चमेरो पर्यावरण र जैविक विविधताको दृष्टिकोणले समेत उपयोगी मानिन्छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.