को हुन् पर्यटक, को होइनन्

January 23, 2020     Paryatan Yatra

‘टुरिस्ट’ भन्ने वित्तिकै गोरो छाला, खैरो कपाल भएको, पटट अंग्रेजी बोल्ने विदेशी नागरिकको छवि हाम्रो आँखामा आउँछ । पर्यटक को हुन्न र को होइनन् भन्नेमा सरकारको परिभाषा भने विरोधाभाषपूर्ण छ ।

पर्यटन ऐन २०३५ ले भन्छ स् नेपालमा आउने विदेशी नागरिक र नेपालको एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने नेपाली नै पर्यटक हुन् । सो ऐनअनुसार पर्यटक भन्नाले विदेशी मुलुकबाट भ्रमणका लागि नेपालमा आउने गैरनेपाली नागरिक भन्ने सम्झनुपर्छ । तर, प्रत्यक वर्ष छिमेकी देश भारतबाट स्थलमार्ग भएर आउने करिब १५ लाख भारतीय पर्यटकको गणनामा पर्दैनन् ।

त्यही भारतको नयाँ दिल्लीबाट २ घण्टाको जहाज चढेर काठमाडौं ओर्लने प्रत्येक भारतीय नागरिक भने पर्यटक मानिन्छ । काठमाडौंमा एक रुपैयाँ खर्च नगरी ३० मिनेट मात्र बसेर फर्किए पनि जहाज चढेर आएकाहरु विदेशी पर्यटकको लिस्टमा पर्छन् ।

संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको परिभाषाअनुसार कुनै व्यक्तिले जुनसुकै प्रयोजनमा होस्, आफ्नो थातथलो छाडेर छाडेर कम्तिमा २४ घण्टा अन्यत्रै बिताउँछ भने उ पर्यटक हो । अध्यागमन विभागबाट पासपोर्टमा छाप लागेको तेस्रो मुलुकको नागरिक लुम्बिनीमा ३० मिनेट बिताएर फर्कन्छ भने त्यो नेपालको नजरमा पर्यटक हो । उसलाई पर्यटकका रुपमा गणना गरिन्छ ।

आफ्नै सवारी साधन लिएर भैरहवा, नेपालगन्ज, विराटनगर र वीरगन्जका तारे होटेलमा रातभर क्यासिनो खेल्ने र खुलेर खर्च गर्ने भारतीय नागरिक नेपालको नजरमा पर्यटक होइन । बिहारमा रक्सीमा प्रतिवन्ध लागेपछि सीमावर्ति नेपालका होटेल तथा रेष्टुरेन्टमा भारतीयहरु खचाखच छन् । तर, त्यहाँ जति खर्च गरे पनि उनीहरुले पर्यटकको मान्यता प्राप्त गर्दैनन् ।

प्रहरीले एकै स्थानबाट अघिल्लो साता १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ र्गयो । उनीहरु नेपाल छिर्ने क्रममा अध्यागमन विभागले छाप हानेको छ । त्यसकारण उनीहरु नेपालका पर्यटक हुन् । ती व्यक्तिले नेपाललाई हानी र्पुयाउनकै लागि पर्यटकको रुपमा लामो समय बसेका थिए ।

नेपालमा गृह मन्त्रालय मातहतको अध्यागमन विभागले पर्यटक गणना गर्छ । उसले पासपोर्टमा छाप लगाइदिएका आधारमा पर्यटक मान्ने गरिएको छ । साभार–अनलाइन खबरवाट

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.