पर्यटनमा अब्बल छ प्रदेश नम्बर एक

January 24, 2020     Paryatan Yatra

यो प्रदेश आफैंमा एटटा ‘सानो नेपाल’ हो  भन्दै सम्भावना, अवसर, चुनौतिका बारेमा इलामबाट धर्म गौतम लेख्नु हुन्छ..

पूर्वी नेपालका बेग्लाबेग्लै विशेषतायुक्त १४ वटा जिल्ला समेटिएको प्रदेश नम्बर १ आफैंमा एटटा ‘सानो नेपाल’ हो । हिमाल, पहाड र तराईको संगम रहेको यहा“ आकर्षक सांस्कृतिक विविधता समेटिएको छ । संसारको सर्वोच्च शिखर सगरमाथासहितका हिमशृंखला यही प्रदेशमा पर्छ ।
मुलुककै होचो भूभाग झापाको केचनाकवलको बेग्लै महत्व छ । सगरमाथादेखि कञ्चनजंघासम्मको हिमशृङ्खला शीरमा बोकेको यो प्रदेशको पहाडी इलाकामा प्रकृतिको अतुलनीय छटा समाहित छ । दक्षिणको तराई अन्न भण्डारका रुपमा चिनिएको छ । यो प्रदेशमा प्रसिद्ध नदी तथा खोलाहरु पर्छन् । कृषि कर्मले सुधारिएको जीवनस्तर, प्राकृतिक स्रोतले भरिपूर्ण क्ष्ँेत्रहरु समेटिएर बनेको यो प्रदेश सांस्कृतिक विविधतायुक्त छ ।
प्राकृतिक स्रोत र मौलिक सांस्कृतिक पक्षलाई सदुपयोग गर्दै पर्यटक आकर्षित गर्न सके मनग्य आम्दानी गर्न सकिन्छ । यसमा धेरथोर प्रयास भइरहेकै पनि छ तर पर्याप्त चाहि“ छैन । पर्यटन विकासका लागि आकर्षक गन्तव्य र उपज (प्रोडक्ट) आवश्यक हुन्छ । मौलिक सांस्कृतिक विशेषता यो क्षेत्रको आकर्षण बनेको छ ।
यस प्रदेशमा मधेशका सन्थाल, धिमाल, थारु आदि आप्mनो संस्कृतिको जगेर्नामा लाग्दैछन् । पहाडी इलाका किरा“तहरुको पावनभूमि हो । हिमालमा शेर्पाहरु रमाएर बसेका छन् । पहाड र मधेसमा धेरै जातिको बसोबास छ । जातिपिच्छेका भाषा, संस्कृति र परम्परा छन् र तीस“गै आपसी अन्तरघुलनको आत्मीय सम्बन्ध पनि छ । यो अरूका लागि पनि अनुकरणाीय छ ।
भूगोल, हावापानी, जराजुरी, जीवजनवार र संस्कृतिमा यतिविधि विविधता अन्यत्र सायदै पाइएला । जैविक विविधता र सांस्कृतिक विशेषता यहा“का अवलोकनका लागि मात्रै होइन, अनुसन्धानकर्ताका लागि समेत चासोको विषय बन्दै आएको छ । त्यसैले यो प्रदेशमा पर्यटकहरुका लागि अकल्पनीय गन्तव्य र आकर्षक उपजहरु विद्यमान छन् ।

सम्भावनाः
प्रदेश १ को पूर्वमा भारतको पश्चिम बङ्गालसंग जोडिन्छ । बंगालीहरु घुमघामका शौखिन छन् । उनीहरु नेपाल–भारत सीमा हु“दै इलामको सन्दकपुरतिर ठूलो संख्यामा आउ“छन् । तीमध्ये केही इलामतिर छिर्न थालेका छन् । तिनलाई अभैm पश्चिम तान्न सकिन्छ । त्यस्तै का“कडभिट्टा नाका भएर बाङ्गलादेशीहरु पनि नेपाल घुम्न आउ“छन् । उनीहरुलाई यस प्रदेशका पहाडी इलाकामा पल्काउन सकिन्छ ।
आन्तरिक पर्यटकहरुका लागि इलाम आकर्षक गन्तव्यका रुपमा स्थापित छ । गत बर्ष करिब ६५ हजार आन्तरिक पर्यटक इलाम भित्रिएका थिए । उनीहरु इलामबाट उही बाटो झापा झरेर फर्कन्छन् । तिनलाई मोरङको बुधबारे, राजारानी हु“दै भेडेटारबाट धरान झार्न सकिन्छ । अझ माथि फिदिम लगेर मध्यपहाडी लोकमार्गबाट तेह्रथुम पु¥याउन सकिन्छ । सम्भावना धेरै छन् ।
सगरमाथा, कञ्चनजंघाजस्ता हिमशिखर ताकेर आउने तेस्रो मुलुकका पर्यटकलाई यो क्षेत्रमा विचरण गराउने वातावरण बनाउन सक्दा प्रदेश नम्बर १ का सबै क्षेत्र लाभान्वित हुन पाउ“छन् । कोसीटप्पु वन्यजन्तु आरक्ष, कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु बरुण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज जस्ता पर्यटकीय आकर्षणका क्षेत्रहरु यसै प्रदेशमा पर्छन् ।
बराहक्षेत्र, हलेसी महादेव, पाथीभरा जस्ता नाम चलेका तीर्थस्थलहरुका कारण यस प्रदेशमा धर्मिक पर्यटनको सम्भावना उत्तिकै प्रवल छ । बुढासुब्बा, गजुरमुखी, सभापोखरी, तिम्बुङ पोखरी, माइपोखरी जस्ता धार्मिक स्थलहरुको पनि आप्mनै महत्व छ । आन्तरिक मात्र होइन बङ्गाल र बिहारका पर्यटकलाई लक्षित गरी तीर्थाटनको प्याकेज बनाउन सकिन्छ ।
प्राकृतिक सुन्दरता र जैविक विविधताको धनी अरुण उपत्यका यसै प्रदेशमा पर्छ । पर्यटकहरुको खासै घुइ“चो नहुने यस क्षेत्रको पैदलयात्रा गर्न रुचाउने पर्यटकहरुको संख्यामा बृद्धि हु“दै गएको छ । गुरा“सको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले यस क्षेत्रको अर्को आकर्षक गन्तव्य हो । गुरा“स पूmलेको याममा यतातिर आन्तरिक पर्यटकको ता“त लाग्छ ।
झापा, इलाम, पा“चथर, धनकुटा तथा तेह्रथुममा चिया पर्यटनको बेग्लै प्याकेज बनाउन सकिन्छ । पानीपछिको सस्तो तथा संसारभर लोकप्रिय चियाको बोट नदेखेका मानिस संसारमा कति होलान् ? चिया रोप्ने, पत्ती टिप्ने, प्रशोधन गर्ने कुरामा पर्यटकलाई संलग्न गराएर पर्यटनका माध्यमले चियाको बजारीकरणमा समेत टेवा पु¥याउन सकिन्छ । यस्ता उपजकेन्द्रित विभिन्न प्याकेज बनाउन सकिन्छ ।
¥याप्mटिङ, क्यायाकिङ जस्ता साहसिक जलक्रिडाका लागि यस प्रदेशका नदीहरु उपयुक्त छन् । यस क्षेत्रमा रहेका झर्नाहरुमा क्यानोनिङ विकास गर्न सकिन्छ । रक क्लाइम्बिङ, बन्जिजम्पिङ, माउण्टेन म्याराथन, हट बेलुन जस्ता साहसिक खेलको विकास गर्ने सम्भावना यस क्षेत्रमा मनग्य छ ।

अवसर
एकपटक नेपाल आएका धेरै पर्यटक दोहो¥याएर पुनः आउने गरेको पाइन्छ । दशौं पटक आउने पनि छन् । सामान्यतः उनीहरु त्यही गोल्डन ट्रयाङ्गलमा अड्कन्छन् । तिनलाई यता ल्याएर पल्काउन सकिन्छ । एउटा पर्यटकलाई सन्तुष्टि दिन सकियो भने उसले अरुहरुलाई सिफारिस गर्न थाल्दछ ।
पर्यटकको आगमन संख्यालाई बिस्तारै बृद्धि हुन दिनु दिगो हुन्छ । यसका लागि भरपर्दो पूर्वाधार विकासमा राज्यले ध्यान दिनुपर्छ । अब त स्थानीय सरकारहरुले पनि यसमा महत्वपूर्ण भूमिका खेल्ने बेला आइसकेको छ । प्रारम्भिक रुपमा आफ्ना प्रदेशका प्राकृतिक स्रोतको परिचालन गरी तिनमा पूर्वाधार तयार गर्न लगानी गर्नुपर्छ । पर्यटन संस्कार विकास गर्न पनि ध्यान दिनुपर्छ । यसमा गरिएको लगानी विस्तारै सिंगो प्रदेशको महत्वपूर्ण आयस्रोत बन्न सक्नेछ ।

चुनौतिः
प्रादेशिक सरकारहरु सबैले आप्mनो प्रदेशमा पर्यटनको विकासका लागि अग्रसरता देखाउने छन् । सम्भावना सबैतिर छ । त्यसैले यो प्रतिस्पर्धात्मक व्यवसाय पनि हो । अन्य प्रदेशको भन्दा राम्रो व्यवस्थापन गरेर पर्यटकलाई आप्mनो प्रदेशमा आकर्षित गर्नु पर्ने चुनौति छ । उसै पनि पर्यटस“ग केही नकारात्मक कुराहरु पनि भित्रिने सम्भावना रहन्छ । तिनको व्यवस्थापनको चुनौति आप्mना ठाउ“मा छ“दैनै छ ।
पर्यटन एउटा व्यवसाय तथा उद्योग भएकाले सरकार एक्लैले बल गरेर यसको विकास हुन सक्दैन । यसका लागि निजी क्षेत्रको संलग्नता आवश्यक हुन्छ । यो एउटा दक्षताको क्षेत्र समेत हो । पर्यटनको क्षेत्रमा लगानी गर्ने ठूला घराना उही गोल्डन ट्रेङ्गलमा सञ्जाल बिस्तार गरेर बसेका छन् । त्यताबाट पर्यटकलाई यता ल्याउन कि ती घरानालाई यता आकर्षित गर्नु पर्दछ कि तिनीहरुस“ग प्रतिस्पर्धा गर्न सक्ने नयाँ लगानीकर्ता जन्माउनु पर्छ ।
पर्यटकीय दृष्टिले ज्यादै ठूलो सम्भावना बोकेको नेपालको प्रदेश नं. १ को पर्यटन विकासका लागि एकीकृत पर्यटन व्यवस्थापन तथा विकास गुरुयोजना बनाउन आवश्यक छ । यस क्षेत्रमा कच्ची भए पनि यातायातको सुविधा सबैजसो ठाउ“मा उपलब्ध छ । होटल र घरबास (होमस्टे) पैmल“दै छन् । पर्यटनबाट राम्रो आयआर्जन गर्न सकिन्छ भन्ने कुरा स्थनीयले बुभ्mन थालेका छन् । नेपाल आएका पर्यटकमध्ये ठूलै संख्यामा पुनः नेपाल आइरहन्छन् । तिनलाई नयाँ गन्तव्यतर्पm लाने अवसर हामीस“ग छ । चुनौति केवल उपयुक्त बजारीकरणको हो ।

नेपालमा पर्यटनः
पर्यटकहरुका लागि नेपालले सन् १९५२ बाट मात्र ढोका खोलेको हो । अर्को बर्ष सगरमाथामाथि मानव विजय भएपछि नेपाल धेरै चर्चामा आयो । १९५५ मा थोमस कुक एण्ड सन्स ट्राभल एजेन्सीले पहिलोपल्ट नेपाल सरकारको अनुमति लिएर ६० जना पर्यटकलाई हवाई मार्गबाट नेपाल भिœयाएको थियो । यसैताका पाटनमा पहिलो होटल खुलेको थियो ‘नेपाल होटल’ ।
१९५४ मा त्रिभुवन राजमार्ग चालु भएपछि स्थल मार्गबाट उपत्यका प्रवेश सहज भयो । सन् १९५८ बाट काठमाडौं–पटना हवाइ सेवा शुरु भयो । १९५८ मै पर्यटन विकास बोर्डको पनि गठन भयो । यिनै घटनाक्रमसंगै नेपालको आधुनिक पर्यटनको थालनी र विकास भएको हो । नेपाल भ्रमण बर्ष १९९८ ले नेपाललाई विश्व पर्यटन बजारमा चिनाउन निकै सहयोग पुग्यो । तथापि आजसम्म हामीले एक बर्षमा दश लाख पर्यटक भिœयाउने लक्ष हासिल गर्न सकेका छैनौं ।
नेपालको पर्यटनका मुख्य आधार प्रकृति, संस्कृति र शाहसिक खेल हुन् । प्राकृतिकरुपमा नेपाल अत्यन्त सुन्दर छ । सानो देश भए पनि यहाँ हिमाल, पहाड र तराईको भूगोल हेर्न पाइन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमै पर्छ । त्यसका अतिरिक्त आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमशिखरमध्ये आठ वटा नेपालमै पर्छन् । हिम मानव येति यहीँको हिमाली क्षेत्रमा विचरण गर्दछ भन्ने रहस्यमय किम्वदन्ति कायमै छ । हिमनदी, हिमताल र खोंचबाट बग्ने नदीनाला समेत पर्यटकका लागि हेर्नलायक उपज हुन् ।
बाघ, हात्ती, गैंडा, हिउ“भालु, रेडपाण्डालगायत वन्यजन्तु, धेरै थरीका चराचुरुङ्गी, पुतली आदि पनि पर्यटकका लागि आकर्षक बिषय छन् । नेपालका वनमा पाइने वनस्पति, अनेक प्रकारका जडिबुटी समेतले पर्यटकलाई तान्छ । मौसमको विविधता पनि पर्यटकका लागि रमाइलो बिषय हो । खासगरी पैदलयात्रीहरुले यसको रसास्वादन गर्दछन् । नेपालीको सहृदयी आतिथ्यले पर्यटकलाई लोभ्याउँदै आएको छ ।
हिन्दु तथा बौद्ध धर्मावलम्वीहरुका लागि नेपाल तीर्थयात्राको गतिलो गन्तव्य हो । बुद्धको जन्मस्थल लुम्विनी वौद्धमार्गीहरुका लागि र हिन्दुहरुका लागि आराध्य देव पशुपतिनाथ अत्यन्त प्रवित्र तीर्थस्थलहरु हुन् । जानकीको जन्मभूमि जनकपुरको पनि महत्व कम छैन । अन्य धर्मावलम्वीहरुले पनि नेपालका मठ मन्दिर, तिनको वास्तुकला दर्शनीय मान्ने गरेको पाइन्छ । विभिन्न जातजातिका भेषभूषा, पर्व, जात्रा आदिले समेत पर्यटकलाई लोभ्याउँछ ।
नेपालका सबै क्षेत्रमा प्रकृति र संस्कृतिको अथाह भण्डार छ । यी स्थानहरु पर्यटकका लागि आकर्षक गन्तव्य हुन्छन् तर तिनको यथोचित बजारीकरण गर्न नसक्दा अहिलेसम्म पर्यटकहरु काठमाडौं, पोखरा र चितवनतिर वढी आकर्षित देखिन्छन् । पर्यटकको अर्को रोजाइमा पर्दछ हिमाली क्षेत्रको पैदल यात्रा । नेपाली पर्यटन क्षेत्रमा गोल्डन ट्रेङ्गल नामले जानिने यी क्षेत्रबाट पर्यटकलाई अन्यत्र लाने कार्य प्रभावकारीरुपमा हुन सकेको छैन ।

गतिलो व्यवसाय
पर्यटन सोख र रुचिको बिषय मात्रै होइन । यो एउटा गतिलो व्यवसाय र तीब्र रुपमा फस्टाउ“दो उद्योग समेत बनेको छ । पर्यटनले समाज सबै क्षेत्रलाई प्रभावित पार्छ । पर्यटनको प्रारम्भ मानव सभ्यताको विकास क्रमस“गै भएको मानिन्छ । आदि मानव खानेकुराको खोजीमा एक ठाउ“बाट अर्को ठाउ“ जान्थे । पछि उपयुक्त कृषिभूमिको खोजीमा पनि यस्तो यात्राले निरन्तरता पायो । यसरी विभिन्न उद्देश्यले मानिसको यात्रा गर्ने क्रम क्रमशः बढ्दै जान थालेपछि तिनलाई आवश्यक सेवा दिने उद्देश्यले मानिसहरुले नया“ व्यवसाय थालनी गरे । यी व्यवसायले बिस्तारै उद्योगको रुप लिए । अहिले विश्वमा तीब्र गतिमा बृद्धि भइरहेको प्रमुख उद्योग पर्यटन नै हो ।
पर्यटन व्यवसायको प्रारम्भ ईशापूर्व ७७६ मा ग्रिसमा आयोजित पहिलो ओलिम्पिकस“गै भएको मानिन्छ । आधुनिक पर्यटन व्यवसायको श्रीगणेशको श्रेय चाहि“ बेलायतका थोमस कूकलाई जान्छ । उनले ५७० जनाको एउटा समूहलाई एक ठाउ“बाट अर्को ठाउ“ घुमाउन लगेका थिए । पछि उनले मानिसहरुलाई विदेश भ्रमणमा समेत लान थाले । सन् १८४१ मा उनले थोमस कूक ट्राभल्स एजेन्सी खोलेका थिए । यो नै विश्वको पहिलो ट्राभल एजेन्सी हो । आज संसारभर यस्ता लाखौं एजेन्सीहरु छन् ।तस्विरः इन्द्रेणी न्युज डट कमबाट

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.