हसिनामा विश्व सिमसार दिवश (फोटो फिचर)

February 2, 2020     Paryatan Yatra

विराटनगर । मोरङको सुन्दरहरैंचामा रहेको हसिना सिमसारमा आइतबार विश्व सिमसार दिवश महोत्सवका रुपमा मनाइएको छ । नागरिक उडड्यन तथा पर्यटनमन्त्री योगेश भट्टराईले पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा जैविक विविधता रहेको मोरङको सुन्दरहरैंचा–५ स्थित हसिना सिमसारमा भव्य समारोह बिच  सिमसार दिवशको उद्घाटन गर्नु भयो । इटहरी चोकबाट करिब ३ किलोमिटर पूर्व लागेपछि पुगिने बाँसबारी चोक र त्यहाँबाट करिब ५ किलोमिटर उत्तरतर्फको यात्रा गरेपछि यो रमणीय स्थलमा पुगिन्छ ।
यहाँ मृगस्थली, नागपोखरी, स्वम्भूडाँडा, पश्चिम पोखरी, नयाँ पोखरी, जुरासिक पार्क, बोटिङ, खेल मैदान, बूढासुब्बा मन्दिर, साकेला थान, बुद्धविहार, शिवालय र बुद्धपोखरी पनि छन् । आइतबार उक्त स्थानमा आयोजित कार्यक्रममा निकालिएका विभिन्न जातिका झाँकी सहितको फोटो फिचर (भिडियो सहित) ।

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.