अविरल झरी रहने ताप्लेजुङको फुङफुङे झरना

February 4, 2020     Paryatan Yatra

ताप्लेजुङ । जिल्लाको पश्चिमी साँवा गाउँपालिका ४ मिक्वाखोलामा रहेको फुङफुङे झरना पछिल्लो समय गन्तव्यस्थल बन्दै गएको छ ।
शिरदेखि कतै नठोक्किई सिधै झर्ने र फुङफुङ आवाज आउने भएकाले झरनाको फुङ्फुङ्गे राखिएको विश्वास गरिन्छ । ताप्लेजुङ सदरमुकामबाट एक दिनको पैदल यात्रामा पुग्न सकिने यो झर्ना निकै आकर्षक छ । झरनामा पानीको फोहराका कारण नजिक जान भने सकिँदैन ।
अहिलेसम्म झरनाको उचाइसमेत नापिएको छैन । बाह्रै महिना पानी झरिरहने यो निकै अग्लो छ । झरनाको शिरमा संलो पोखरी भएकाले यस क्षेत्रका बासिन्दाले यहाँ पूजा आराधना पनि गर्ने गरेका छन् । झरनाको फेदमा किरा“तेश्वर महादेवको मन्दिर छ । झरना हेर्न विदेशी पर्यटकहरू पनि आउने गरेका छन् । छिमेकी जिल्ला पा“चथर, तेह्रथुमका बासिन्दा पनि यो दृश्यावलोकन गर्न आउने गरेका छन् । स्थानीय बाङ्गे शेर्पाका अनुसार यहा“ आफ्नो सन्तान सुख शान्तिका लागि भाकलसमेत गर्ने गरिएको छ । झरनालाई समेट्न गुफापोखरी–मानाभरा–पापुङ–तोप्क्यो गोला–सोदो पोखरी पर्या–पर्यटन मार्गको विस्तार गरिने भएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.