धिप्लुङ झरनाः छुटाउन नहुने गन्तव्य

March 16, 2020     Paryatan Yatra

विराटनगर । के तपाइँ खोटाङ जाँदै हुनुहुन्छ ? यदि यस्तो योजना बन्दैछ भने यहाँको धिप्लुङ झरनाको अवलोकन गर्न नछुटाउनु होला ।  दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीको सिमानामा पर्ने १६७ मिटर अग्लो झरना आन्तरिक पर्यटकको गन्तव्य स्थलकारुपमा विकास हुँदै गएको हो।
दिप्रुङ चुईचुम्मा गाउँपालिकाले छितापोखरी गोगने हुँदै झरनासम्म पुग्ने सडक, सडकबाट झरनासम्म रेलिङसहितको ढलान बाटो, झरनाको शिरमा दृश्यावलोकनका लागि पार्क, फलैंचा, माथिल्लो भागको झरना हेर्न जाने रेलिङसहितको पक्की बाटो बनाएपछि घुमफिरमा जाने आन्तरिक पर्यटकको भीड लाग्न थालेको हो।

धिप्लुङ झरनालाई पर्यटकीय हव बनाउनका लागि गाउँपालिकाले गौरवको योजनामा राखेर आर्थिक वर्ष २०७४–०७५ मा २५ लाख र २०७५–०७६ मा २० लाख बजेट विनियोजन गरी भौतिक संरचना निर्माण गरी सौन्दर्यकरण सुरु गरेको हो। झरनाको सौन्दर्यकरणका लागि डिपिआरसमेत तयार पारिसकेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।
हालसम्म ओझेलमै रहेको झरना आसपासमा भौतिक संरचना बनाइएपछि आन्तरिक पर्यटक पुग्न थालेका हुन्। विशेषगरी शनिबार र विदाका दिनमा झरनामा घुमफिर गर्ने स्थानीयको बाक्लो भीड लाग्ने गरेको छ। अग्लो झरनाबाट छङछङ गर्दै झर्ने पानी, झरनाबाट टाढा–टाढासम्म दृश्यावलोकनका लागि धिप्लुङ झरना चर्चित छ। अग्लो झरनाको टाढाबाट हेर्दा झनै आकर्षक देखिने गरेको छ ।

झरनाको पर्यटन प्रवद्र्धनका लागि चालु आर्थिक वर्ष प्रदेश सरकारले ४० लाख र केन्द्र सरकारले २० लाख बजेट विनियोजन गरेको छ। विनियोजित बजेटबाट झरनाको प्रचार–प्रसार गर्दै नयाँ–नयाँ संरचना थप गरिने प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले बताउनुभयो। झरना आसपासमा स्वागतद्धार, झरना अवलोकनका लागि पुल, पिकनीक स्थल, सार्वजनिक शौैचालय, साहशीक खेल क्यानोनिङ ९छाँगा दृश्यावलोकन० र तल्लो भागको झरनामा जाने सिढी निर्माण लगायतका उद्देश्य डिपिआरमा समेटिएको छ।

डिपिआरमा विभिन्न पौराणिक किंवदन्ती अनुसार झाँक्री बस्ने ओढार र मन्दिरको व्यवस्थापन गरिने उल्लेख छ। ‘
झरनाको विषयमा विभिन्न पौराणिक कथाहरु चर्चामा छन्। झरनाकोेमाथि ढकानी आकारको ढुंगा रहेको छ। त्यही ढुंगामाथि ठूला–ठूला सर्प, बिच्छी र खजुरा घाम लागेको बेला बस्ने र अलि धुम्मिने वित्तिकै लुक्ने गरेको किंवदन्ती रहेको छ। ढुंगामुनी रहेको बहुमूल्य धातुको रक्षाका लागि बस्ने सर्प, विच्छी, खजुरालाई चट्याङले हान्ने गरेको स्थानीय बताउँछन्। झरना आसपास झाँक्री गुफा रहेको र रिठ्ठे झाँक्री बस्ने हुनाले आसपासका स्थानीयले पूजाआजा गर्ने गरेका छन्। हालसम्म ओझेलमै रहेको धिप्लुङ झरनामा दैविक शक्ति रहेको स्थानीय बुढापाकाको विश्वास छ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.