प्रदेश १ कोरोना कोषमा ११ करोड ६५ लाख

April 7, 2020     Paryatan Yatra

विराटनगर । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा चैत्र २४ गते सम्म कूल ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ रुपैयाँ जम्मा भएको छ । कोषमा सोमबार थप ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको हो । कोषमा आइतबारसम्म ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको थियो । कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।
यसै विच प्रदेश १ मा आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेमध्ये पाँच महिला र छ जना पुरुष छन् । सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ का अनुसार आइसोलेसनमा सोमबारसम्म १५ जनालाई राखिएको छ । सरकारले प्रदेश १ मा ४ सय ३८ आईसोलेसन बेड तयार गरेको छ । यसैगरी ४ हजार ३७ वटा क्वारेन्टाइन बेड तयार गरेको छ । यसैगरी संक्रमित उपचार गर्न ४४ आईसियू बेड तयारी अवस्थामा छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.