पाँचथर । गुराँसका फूलले यति बेला प्रदेश १ का धेरै बनपाखाहरु ढपक्कै ढाकिएका छन् । अनेकन प्रजातीका गुराँस फूल्दा बन क्षेत्र सोभायमानमात्र भएन मनै हर्ने आर्कषक भईदिएका छन् । तर आन्तरिक पर्यटकले समेत यसको मजा लिन पाएका छैनन् ।
कोरोना भाईसर (कोभीड–१९) को प्रकोपले अन्य क्षेत्र झै पर्यटन क्षेत्रपनि यो पल्ट नराम्ररी थलियो । गुराँसका बगैचाहरु सुनसान देखिए । गुराँसको सिजनमाचम्कीने होटल व्यवसाय पूर्ण रुपले ठप्प भए । यस पल्ट गुराँस भने औधीनै फूले । गुराँसको राजनधानीभनेर चिनिने टिएजे क्षेत्रमागजबै गुराँस फूले ।
गुराँसको सिजनमाचहलपहलहुनेपाँचथरको सुकेपोखरीका घर, होटल सुनसानदेखिन्थे । गुराँस यो पल्ट गजबले फूलेको सुकेपोखरीकाफौदमानतामाङ बताउँछन् ।
पछिल्ला अध्ययनअनुसार नेपालमा ३३ प्रजातीका गुराँस पाईन्छ । ‘कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरु’ नामक अनुसन्धानमुल पुस्तकमाउक्त कुरा उल्लेख छ । प्रदेश १ का जिल्लाहरुमा ३१ प्रजातीका गुराँस पाईने अध्ययनले देखाएको छ । गुराँस फूल्नथालेपछि पहाड र हिमालका डाडाँहरु रङ्गीविरङ्गीबनेका छन् । फाल्गुनदेखि जेठसम्म बेसी गुराँस फूल्ने गरेको पाईन्छ । गुराँससँग जोडिएका अनेकन बिम्बहरु छन् ।
बन तथावातारण मन्त्रालयको बन तथा भु–संरक्षण विभागले प्रकाशित गरेको ‘गुराँस संरक्षण कार्ययोजना २०७५–२०८०’का अनुसार नेपालकापूर्वदेखि पश्चीमसम्म ४३ जिल्लामाविभिन्नप्रजातीका गुराँस फूल्ने उल्लेख गरीएको छ । नेपालमा गुराँसकाप्रजातिपाइने मिश्रित वन सहित ६ लाख ९१ हजार ५ सय ९६ हेक्टर क्षेत्र रहेको वन अनुसन्धानतथा सर्वेक्षण २०७२ माउल्लेख छ । मुख्यरुपमा १ नम्बर प्रदेशमा टिएमजे (तिनजुरे, मिल्के, जलजले), ताप्लेजुङ्गको पाथीभारा क्षेत्र, पाँचथरको छिन्तापु–सुकेपोखरी, च्याङ्थापु, इलाम, सोलुखुम्बु, खोटाङ, धनकुटाका गाँउहरु गुराँसकालागिचर्चित छन् । यस्तै बागमतीप्रदेशकादामन–सिमभञ्याङ, रसुवा क्षेत्र लगायका क्षेत्र चर्चित छन् । यस्तै गण्डकी प्रदेशकाकास्की, घोडेपानी, लमजुङ, म्याग्दीगुराँसकालागिचर्चित छन् । यस्तै कर्णालीको रुकुम, मुगु, हुम्ला, डोल्पा, जुम्ला, दैलेखको गुरासेक्षेत्र चर्चित मानिन्छ । सुदुरपश्चिमप्रदेशकाबझाङ्ग, बाजुरा, दार्चुला, डोटी– डडेल्धुरा–बैतडी लगायतका क्षेत्र चर्चित रहेको पाइन्छ ।माथिका तस्विरहरु पाँचथर जिल्लाका हुन् ।
हाम्रो टिम
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रधान सम्पादक: लीलावल्लभ घिमिरे (९८५२०२३४२२)
सम्पादक: निरज दाहाल
बिशेष संवाददाता: डेविड घिमिरे (९८२९३२१४८३ )
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।