विराटनगर ।विराटनगर महानगरपालिका १४ रानी बस्तीमा रहेको मण्ठा पोखरी धार्मिक दृष्टिले महत्वपूर्ण हुनुका साथै सुन्दर पनि छ । महेन्द्र चोकबाट कोशी राजमार्ग हुँदै जोगवनीतर्फ जान सवारी साधन पाईन्छ । विराटनगर बसपार्कवाट करिब ५ किलोमिटर दक्षिण गएपछि मलाया रोड आउँछ । त्यहाँबाट करिब ५ सय मिटर पूर्व लागेपछि मण्ठा पोखरी पुगिन्छ । नेपाल–भारतको प्रमुख नाका जोगबनीबाट करिब २ किलोमीटर उत्तरतर्फको यात्रा गर्दा पनि उक्त पोखरी क्षेत्र पुगिन्छ ।
करिब अढाइ बिगा क्षेत्रमा रहेको पोखरी सुन्दर छ । शिव, पार्वतीको मन्दिर, नागको मन्दिर समेत उक्त स्थानमा छन् । यहाँ शिवरात्रि, छठलगायत पर्वहरुमा विषेश रुपमा मनाइन्छ । मण्ठा पोखरीबाट जल निकालेर साउन महिनामा शिवलिङगमा चढाउनेको घुइँचो लाग्ने गर्छ । १५ कठ्ठा क्षेत्रफलमा रहेको यो पोखरीमा परापूर्वकालदेखि अहिलेसम्म पानी सुकेको छैन । मन्दिर परिसरमा साधक अर्जुन गिरीको समाधि समेत छ । यो मन्दिरका पुजारीहरु परापूर्वकालदेखि गिरीहरु रहँदै आएका छन् । पोखरीको दक्षिणमा बजरंगबलीको मन्दिर छ । पूर्वमा दुर्गा मन्दिर र सम्सानघाट छ । मण्ठा पोखरीदेखि पूर्व करिब ५ सय मिटरको यात्रा गरेपछि रानी पोखरी पुगिन्छ । यो पोखरी निकै आकर्षक छ । पोखरीको छेउमा सनसरीमाईको मन्दिर छ । करिब २ विगा क्षेत्रफलमा फैलिएको पोखरी पुग्नेहरु पोखरी र आसपास क्षेत्रको सुन्दरतामा रमाउने गरेका छन् ।
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रबन्ध सम्पादक: लीलावल्लभ घिमिरे
सम्पादक: निरज दाहाल
कार्यकारी सम्पादक : मीनकुमार नवोदित
व्यवस्थापक : ज्ञानमणि नेपाल ,फडिन्द्र अधिकारी
सम्पर्क ९८५२०२३४२२, ९८५२०२०२८७, ९८५२०५६७११, ९८५२०२३११५, ९८४२०२८०४९
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।