भव्य रुपमा मनाइयो धान दिवस

June 29, 2020     Paryatan Yatra

विराटनगर । असार १५ अर्थात धान दिवस । आज अधिकांस मन्त्री, मेयर, उप–मेयरदेखि वडा अध्यक्षहरु सम्म खेतमा देखिए । घुडा सम्म पेन्ट सारेर हातमा धानको विउ वोकेका सवैले रमाइलो गर्दै धान रोपे । यो अवसरलाई नेता कार्यकर्ताहरुलेपनि छुटाएनन् । अधिकांसले धान रोपे र सेल्फी पनि खिच्न भ्याए । आज प्रायः जसो सवैका फेसबुकमा हिलाम्मे तस्विरहरु देखिए ।

विराटनगर महानगरपालिका १९ मापनि धान दिवसका अवसरमा सामूहिक रोपाईं गरिएको छ । ‘मानो रोपेर मुरी फलाउने’ भनाइलाई सार्थक बनाउन असार १५ मा धान दिवसका रुपमा नेपालमा पछिल्लो समय मनाउन थालिएको हो ।
विराटनगर १९ खापटोलको सामुहिक धान रोप्न कार्यक्रमा महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, वडाध्यक्ष बन्द्रीनारायण सरदार लगाएतको सहभागिता रहेको थियो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.