विराटनगर । कोरोनाका कारण सङ्कटमा परेका पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन व्यवसायसँग सम्बन्धित हवाई सेवा, होटल, रेस्टुरेन्ट लगायतका उद्योग व्यवसायलाई सहुलियत कर्जाको व्यवस्था मिलाइने बताउनुभयो । त्यस्तै शिक्षा, पर्यटन लगायतका कोरोनाका कारण प्रभावित भएका क्षेत्रको कर्जा भुक्तानीको म्याद थप गरिने बताउनुभयो । यस्तै सो क्षेत्रका असार मसान्तसम्म म्याद कायम भएका कर्जालाई पुस मसान्तसम्म बढाउने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ । त्यस्तै कोभिडबाट अति जोखिमा परेका पेशा व्यवसायसँग सम्बन्धित कर्जा तिर्नपर्ने म्याद अर्को वर्षको असार मसान्तसम्म सार्न व्यवस्था मिलाइने नीतिमा उल्लेख छ । कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताएको छ । सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ । कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ । कृषि विकास बैङ्कलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैङ्कका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ । यस्तै बैङ्क तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने गरी नीति तय गरिएको गभर्नर अधिकारीले जानकारी दिनुभयो ।
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रबन्ध सम्पादक: लीलावल्लभ घिमिरे
सम्पादक: निरज दाहाल
कार्यकारी सम्पादक : मीनकुमार नवोदित
व्यवस्थापक : ज्ञानमणि नेपाल ,फडिन्द्र अधिकारी
सम्पर्क ९८५२०२३४२२, ९८५२०२०२८७, ९८५२०५६७११, ९८५२०२३११५, ९८४२०२८०४९
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।