यतिबेला समान्य अवस्थामा अन्नपूर्ण पदयात्रा क्षेत्रमा पदयात्रा गर्ने पर्यटकको घुइचो लाग्ने गथ्र्यो । पर्यटकीय सिजनमा यसरी शून्य पर्यटक भएको पदयात्रा पर्यटन सुरु भएपछि पहिलो पटक भएको पदयात्रा क्षेत्रका पर्यटन व्यवसायी बताउँछन् । विश्वभर फैलिएको कोरोना भाइरसको कारण पदयात्रा क्षेत्र मात्र होइन सबै पर्यटकीय गतिविधि ठप्प छन् । पोखराबाट बुधबार साँझ देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमाल ।
तस्बिरमा माछापुच्छ्रे र अन्नपूर्ण हिमाल ।
कोरोना संक्रमणले नेपालको पर्यटनक्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । नेपालका संक्रमितको संख्या १ लाख ६२ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १९ सय ५४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको हो ।
संक्रमण बढ्दै जाँदा सरकारले पर्यटन क्षेत्र सञ्चालमा ठोस कदम चाल्न सकेको छैन । नेपालमा ३९ हजार ६४३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ७ हजार ७०९ जना छन् भने क्वारेन्टाइनमा २ हजार ८८९ जना रहेका छन् । पछिल्ला दिनमा पर्यटकीय नगरी पोखरामासमेत संक्रमितको संख्या बढ्दै गएको छ । साभार अन्नपूर्ण पोष्टबाट
हाम्रो टिम
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रधान सम्पादक: लीलावल्लभ घिमिरे (९८५२०२३४२२)
सम्पादक: निरज दाहाल
बिशेष संवाददाता: डेविड घिमिरे (९८२९३२१४८३ )
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।