कोरोनाले बन्द भएको जीपलाइन सञ्चालन

November 8, 2020     Paryatan Yatra

धरान । सुनसरी र धनकुटाको सीमानामा पर्ने भेडेटार कोरोना महामारीबीच पर्यटकीय गतिबिधि सुरु भएको छ । चैतमा लकडाउन भएपछि ठप्प रहेको पर्यटकीय गतिबिधि सुरु हुन थालेको हो । प्रायः कुहिरोले छोपिने भेडेटारमा त्यही कुहिरोभित्र चरा झैं उडेर हराउने जीपलाईन पुनः सञ्चालनमा आएको छ । भेडेटार देवीथान जिपलाईन गत फागुन २४ गते उद्घाटन भएर शुरु भएकोमा चैत ११ गतेदेखि लकडाउनको कारण बन्द थियो । अहिले जीपलाईन गत मंगलबारदेखि पुनः सञ्चालन भएको हो ।

स्वास्थ्य प्रोटोकल अपनाएर सुरुवात भएको जिपलाइन गर्न आन्तरिक पर्यटकहरु पहिलो दिन मै भिड लागेको थियो । चाडपर्वलाई मध्यनजर गर्दै प्रालिले २० प्रतिशत छुटको पनि व्यवस्था गरेको छ ।

वल्र्डवाइड नेपाल ग्रुप प्रालिले करिब ३ करोड रुपैयाँ लगानीमा जिपलाइन सञ्चालनमा ल्याएको हो । यो जिपलाईन भेडेटारदेखि देवीथानसम्म ६ सय ५० मिटर लामो रहेको छ । जिपलाइनमा ३० देखि ४० सेकेण्डसम्म साहसिक मजा लिन सकिनेछ । यो जिपलाइनमा क्लासिक, सुपरम्यान र कपल जिपलाइनको अनुभव लिन सकिन्छ ।

क्लासिक जिपलाइन अर्थात बसेर गरिने जिपलाइनको १२ सय रुपैयाँ, सुपरम्यान आर्थत घोप्टो सुतेर गरिने जिपलाइनको १५ सय रुपैयाँ र टेण्डम अर्थात कपल जिपलाइनको २ हजार रुपैयाँ पर्छ । पर्यटकहरुका लागि ५ लाख रपैयाँ बराबरको दुर्घटना बिमासमेत रहेको कम्पनीले जनाएको छ । साभार हाम्रोमत दैनिकबाट

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.