पर्यटन क्षेत्र माथि उठ्दैछ, लकडाउनबारे नसोचौं

November 13, 2020     Paryatan Yatra

काठमाडौं । वायुसेवा सञ्चालकहरुले तिहार र छठ पर्वपछि काठमाडौं उपत्यकामा लकडाउन गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएका छन् । ६ महिना भन्दा लामो लकडाउन र प्रतिवन्धका कारण अर्थतन्त्र धरासायी भएको अवस्थामा थप बन्दाबन्दी मुलुकले थेग्न सक्ने अवस्था नरहेको भन्दै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)ले लकडाउनप्रति पूर्ण असहमति जनाएको हो ।

लकडाउन र प्रतिवन्ध खुकुलो भएपछि पर्यटन, यातायात तथा हवाईसेवालगायत अन्य व्यवसायलाई फेरी ठप्प बनाउने काम न्यायोचित नभएको आयोनका प्रवक्ता योगराज कँडेलले बताएका छन् ।

सरकारले १ मंसिरबाट सबै प्रकारका पर्यटकीय गतिविधि सूचारु गर्ने निर्णय गरेको छ । यसले पर्यटन, होटेल र हवाई व्यवसायीलाई आशावादी बनाएको भन्दै आयोनले होलिडे प्याकेज तथा ट्रेकिङको बुकिङ समेत आउन सुरु भइसकेको जनाएको छ ।

मास्कको प्रयोग, सामाजिक दूरीको ख्याल गर्दै कोरोनाबाट बच्न सकिने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेहरुलाई भने कारवाहीको दायरामा ल्याउन हवाई व्यवसायीले माग गरेका छन् ।

लकडाउनका बीचमा समेत संक्रमित बढिरहेको भन्दै आयोनले लकडाउन मात्र कोरोना नियन्त्रणको उपाय नभएको समेत स्पष्ट पारेको छ । साभार अनलाइन खबरवाट

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.