विराटनगर । ‘जाउँ है पोखरा’ को निम्तो लिएर पर्यटन व्यवसायीको टोली प्रदेश १ आइपुगेको छ । कोरोना कहरबीच आन्तरिक पर्यटनलाई पुनरुत्थान तथा प्रवद्र्धन गर्ने उद्देश्यले पश्चिममाञ्चल होटल संघ पोखराको नेतृत्वमा टोली विराटनगर आएको हो ।
टोलीमा होटल व्यवसायी, ट्राभल व्यवसायी, पत्रकार लगायतको सहभागिता छ । टोलीले शुक्रवार विहान विराटनगरमा प्रदेश १ का पर्यटन व्यवसायी र सञ्चारकर्मीसँग छलफल गरेको थियो ।
कार्यक्रममा बोल्दै पश्चिममाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले आन्तरिक पर्यटनलाई बढावा दिन आफूहरु देशाटनमा निस्केको बताए । ‘हामी निम्ता दिंदै हिंडेका छौं,’ उनले भने, ‘अब कोरोनालाई छल्दै अघि बढ्नुको विकल्प छैन ।’
पोखराबाट निस्केको उक्त टोली वीरगञ्ज–जनकपुर हुँदै विराटनगर आइपुगेर अब चितवन जाने छ।
अध्यक्ष तुलानचनले अहिले घुँइचो समेत कम भएकाले आन्तरिक पर्यटनमा निस्कने उपयुक्त समय भएको बताए । उनले पोखरामा अहिले होटलहरुले ५० प्रतिशतसम्म छुटको अफर दिएको जनाकारी दिए ।
उनले साहसिक खेलहरु प्याराग्लाइडिङ, बन्जी जम्पिङजस्ता खेलमा समेत विशेष छुट दिइरहेको वताए ।
कार्यक्रममा क्षेत्रीय होटल संघका अध्यक्ष राजन श्रेष्ठले कोरोनाका कारण सबैभन्दा बढी क्षति व्यहोरोको पर्यटन क्षेत्रलाई उकास्न सहयात्राको आवश्यकता रहेको बताए । उनले पोखरासँग हातेमालो गर्दै पूर्वको पर्यटन विकासका लागि अघि बढ्ने बताए ।
प्रदेश १ का आन्तरिक पर्यटन पुनरुत्थान समितिका संयोजक भविशकुमार श्रेष्ठले पोखरा आफूहरुका लागि पर्यटनको शिक्षालय भएको भन्दै प्रदेश १ लाई पोखरासँग सिधै जोड्नेतर्फ पाइला अघि बढाइसकेको बताए ।
उनले विराटनगर–पोखरा सिधै हवाइ उडान र दैनिक पर्यटन बस सञ्चालन गरिने वताए । सरकारले देश दर्शनको नारा अघि ल्याएको भन्दै संयोजक श्रेष्ठले अहिलेको जस्तो आफ्नो देश घुम्ने उपयुक्त समय कहिल्यै नआउने बताए ।
कार्यक्रममा नाटाका वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले हरेक वर्ष साढे १३ लाखभन्दा बढी नेपाली विदेश घुम्न जाने गरेको तथ्य राख्दै घुम्नका लागि विदेशै जानु पर्छ भन्ने मान्यताको अन्त्य गर्न सके आन्तरिक पर्यटनले सोचेभन्दा बढी सफलता पाउने बताए ।
पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेललगायतले पर्यटन क्षेत्रको विकासमा ध्यान दिनुपर्ने कुरा औंल्याएका थिए। कार्यक्रममा पर्यटन बोर्डका सदस्य, पोखराका पर्यटन व्यवसायी विप्लव पौडेल लगायतको सभागिता थियो ।
पोखरामा पदयात्रा मार्ग, धार्मिकस्थल, शक्तिपीठलगायत धेरै पर्यटकीय गाउँ खुलिसकेका छन् । पोखरामा रहेका विश्व शान्ति स्तुप, सराङकोट, गुप्तेश्वर गुफा, डेभिड फल्स, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, विन्ध्यवासिनी मन्दिर, चमेरे गुफा, महेन्द्र गुफा र फेवाताल घुम्न पाइन्छ । पोखरा र वरपरका गन्तव्य कोरोना संक्रमणबाट सुरक्षित रहेको सन्देश दिन टोली निस्केको हो ।
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रबन्ध सम्पादक: लीलावल्लभ घिमिरे
सम्पादक: निरज दाहाल
कार्यकारी सम्पादक : मीनकुमार नवोदित
व्यवस्थापक : ज्ञानमणि नेपाल ,फडिन्द्र अधिकारी
सम्पर्क ९८५२०२३४२२, ९८५२०२०२८७, ९८५२०५६७११, ९८५२०२३११५, ९८४२०२८०४९
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।