आन्तरिक पर्यटनको केन्द्र बन्दै सेल्फी रोड

December 21, 2020     Paryatan Yatra

राकेश कर्ण

विराटनगर  मोरङको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ स्थित बोक्रे चौक जाने सडक पछिल्लो समय सेल्फी रोडको नामले चिनिन थालेको छ ।

राजमार्ग दक्षिण करिब १ किलोमिटर कालोपत्रे भएको यो सडक यहाँको वातावरणीय सौन्दर्यताका कारण सेल्फी रोडका नामले चिनिन थालेको हो । पथरी र उर्लाबारीको सीमानामा पर्ने यो सडक हाल फोटो, सेल्फी, भिडियो र टिकटकका लागी चर्चित छ । प्रदेश नं. १ का विभिन्न ठाउँहरुबाट यहाँ दिनहुँ हजारौ मानिसहरु घुम्न तथा अवलोकन गर्न आउने गरेको स्थानीय सुनिता पुरीले बताउनुभयो ।

सडकको दायाँबायाँ प्राकृतिक पुर्नःउत्पादनबाट हुर्काईएका सालका रुखहरु नै सेल्फी रोडको प्रमुख आकर्षण हुन । रुखहरुमा ईनामेल हालेर पोतिएको सेतो रङ्गले रोडको सौन्दर्यता झन बढाएको छ । पारिलो घाम नदेखिने र सितल वातावरण हुने सो ठाउँमा फोटो, भिडियो तथा सेल्फी मनमोहक आउने भएकाले स्थानीयले नै सो ठाउँको नाम सेल्फी रोड राखेका हुन् ।

पथरीको चौतारी सामुदायिक वन क्षेत्रभित्र पर्ने यो सडकमा फोटो र भिडियो खिच्नकै लागि भनेर दैनिक ४ देखि ५ हजारको संख्यामा मानिसहरु आउने गरेको वनका अध्यक्ष मेघराज चापागाईंले जानकारी दिनुभयो ।

नेपालमा कोरोना महामारीको रोकथाम तथा न्युनीकरणका लागी सरकारले गत चैत्रमा देशव्यापी लकडाउनको घोषणा ग¥यो । लकडाउन जारी भएसँगै सम्पुर्ण पर्यटकीय गन्तव्यहरु बन्द भए । सोही समयमा पूर्व–पश्चिम राजमार्गमा हिँड्ने मानिसहरु यो सडकमा केही बेर बस्ने, फोटो खिच्ने तथा भिडियो बनाउने क्रम बढेको अध्यक्ष चापागाँईको भनाई छ । उहाँले भन्नुभयो, ‘मानिसहरुले यो सडकमा आएर तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा अपलोड गर्न थालेपछि यसको प्रचारप्रसार भएको हो ।’

यसबाहेक चर्चिक टिकटक कलाकारहरुले पनि यस ठाउँमा टिकटक बनाएर सामाजिक सञ्जालमा हाल्न थालेपछि यो ठाउँको प्रचारप्रसारमा सहयोग पुगेको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलीप कुमार राईको बिश्लेषण छ । उहाँले सो ठाउँलाई आन्तरिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सडकमा बत्ती जडान गर्ने, बस्ने ठाउँहरुको व्यवस्था गर्ने तथा पर्यटन पुर्वाधारहरुको गर्ने निमार्ण कार्यमा तीव्रता दिईने योजना रहेको जानकारी दिनुभयो ।

यस ठाउँमा यो सडकमा दर्जनौं नेपाली तथा भोजपुरी गीतहरुको छायाङ्कन भईसकेको छ भने दर्जनौं स्थानीयमा रोजगारी समेत सिर्जना भएको छ । सडकका छेउछाउमा आईसक्रीम, चियानास्ता, चटपटे र ममः चाउमिनको व्यापार फस्टाएको छ । एउटै व्यापारीले भने पनि यहाँ दैनिक ४ देखि ५ हजार रुपैयाँसम्मको व्यापार गर्ने गरेका छन् । साभार हाम्रोमतवाट

 

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.