पर्यटन क्षेत्रलाई गतिशिल बनाउन आवश्यक बाटो खोल्ने छुः पर्यटन मन्त्री ढकाल

January 9, 2021     Paryatan Yatra

विराटनगर । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको बताउनु भयो ।

पर्यटन क्षेत्रको दिगो विकासका लागि पूर्वाधार विकासमा जोड दिनु पर्ने उहाँको भनाइ थियो ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री ढकालले पर्यटनको विकासका लागि सवै क्षेत्रले हातेमालो गर्नु पर्नेमा जोड दिनु भयो । आफु अफ्ठ्यारो बेलामा पर्यटन मन्त्रालय समाल्न आएको मन्त्री ढकालको थियो ।

महामारीका कारण थलिएको पर्यटन क्षेत्रले अहिले नै वाह्य पर्यटन पाउन कठिन रहेको भएपनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न मन्त्रालय लागि परेको उहाँको भनाइ थियो । अहिले निर्वाचन आचारसंहिता लागु भएपछि जनअपेक्षा अनुसार काम गर्ने अवस्था नभएको उहाँको भनाइ थियो । यद्यपी यस क्षेत्रलाई गतिशिल बनाउन आवश्यक बाटो भने खोल्ने मन्त्री ढकालले बताउनु भयो ।

प्रदेश १ लाई समृद्धि तर्फ लैजानका लागि पर्यटन लगायत आर्थिक क्षेत्र कोरोना महामारीबाट प्रभावित भएकोले रोजगारी सिर्जना गर्ने र अर्थोपार्जन हुने गरी काम गर्ने मन्त्री ढकालले बताउनुभयो । आर्थिक क्षेत्रमा अग्रणी भएपनि प्रदेश १ मा पर्यटनको यथोचित विकास हुन नसकेको भन्दै मन्त्री ढकालले त्यसका लागि आफुले काम गर्ने बताउनुभयो ।

कार्यक्रममा आन्तरिक पर्यटन पुनरोत्थान समितिका प्रदेश १ का संयोजक भविस श्रेष्ठ, पर्यटन व्यवसायी पुण्य भट्टराई, लगायतले पर्यटन क्षेत्रको विकासका लागि भएका व्यवधानलाई हटाउन नीतिगत परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले विराटनगरको विमानस्थलको विस्तारसगै विराटनगरबाट आन्तरिक तथा बाह्य उडानलागि नीतिगत पहल गर्न सरकारसँग आग्रह गरेका थिए ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.