पर्यटन प्रवद्र्धन गर्न फालेलुङमा चौरी महोत्सव

April 20, 2021     Paryatan Yatra

शब्द÷तस्बिर, सरला रेग्मी

पाँचथर । हिमाली क्षेत्रको पहिचानको रुपमा चौरीलाई लिइन्छ । पाँचथरका उच्च पहाडी क्षेत्रमा परम्परादेखि चौरी पालन व्यवसाय सञ्चालन भईरहेको छ । लेकका खर्कमा चौरी पालेर आम्दानी हासिल गरेको पाईन्छ ।

चौरीका अनके प्रजाती छन् भने बहआयामीक उत्पादन हुने गरेको छ । अचेल चौरी पालनलाई चौरी सास्कृतिको रुपमा लिने गरीन्छ  । चौरी पालकलाई प्रोत्साहन, चौरीको महोत्सव वृद्धि तथा पर्यटन प्रवद्र्धन गर्ने हिसाबमा पाँचथरमा चौरी महोत्सव हुने गरेको छ । नयाँ बर्ष सन्दर्भ जुराएर गरिने महोत्सव विश्वकै लागि नौलो समेत रहेको छ ।

यस पल्टको चौथो चौरी महोत्सव पाँचथरको फालेलुङ गाँउपालीकाको फालोट सिमाना क्षेत्रमा सम्पन्न भयो । विगतका महोत्सव सोहि गाँउपालीकाको चारराते भन्ने ठाँउमा हुने गथ्र्यो । महोत्सवमा उलेख्य संख्यामा आन्तरीक पर्यटकहरु जम्मा भएका थिए । नेपाल–भारत सिमाना नजिकै महोत्सव सम्पन्न भएको थियो ।

यस प्रकारका महोत्सवले पर्यटन प्रवद्र्धन तथा चौरी पालकलाई उत्प्रेणा दिनेगरेको चौरी व्यवसायी चन्द्रलाल नेपाल बताउँछन् ।

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.