बिराटनगर । प्रदेश स्तरिय टुर प्रडक्ट डेभलपमेन्ट एण्ड टिकेटिङ्ग ग्यालीलियो सम्बन्धी ४ दिने तालिम सम्पन्न भएको छ । “समृध्दि र रोजगारी सिर्जनाको लागि सामूहिक प्रयास” भन्ने मूल नारा सहित नाट्टा प्रदेस १ को आयोजनामा तालिमको आयोजना गरेको हो ।
टुर प्रडक्ट डेभलपमेन्ट एण्ड टिकेटिङ्ग सम्बन्धी ४ दिने तालिमको उद्घाटन उद्योग वाणिज्य महासंघ प्रदेस १ का पर्यटन समिति संयोजक तथा आन्तरिक पर्यटन पुनरउत्थान समितिका संयोजक भबिस कुमार श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम नाटा प्रदेस १ को अध्यक्ष उदय कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो । पर्यटनको क्षेत्रमा दक्ष जनशक्ति पलायनको अवस्थाले अभाव श्रीजना भएको छ त्यही अभाव न्यूनिकरणका लागि नेपाल पर्यटन बोर्ड, युएनडिपी र नाट्टाको सहकार्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले पर्यटनको क्षेत्रमा दक्ष जनशक्ति तयार गर्न यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोरोनापछि थला परेको पर्यटन क्षेत्रलाई सहयोग गर्न सरकार अनुदार देखिएको भन्दै यस्ता कार्यक्रमले सिथिल भएको पर्यटनलाई तङ्गग्रीन सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा नाट्टा केन्द्रको सीईओ उत्तम देवकोटा, बाटाका अध्यक्ष फडिन्द्र अधिकारी, साउथ एसियन स्कुल अफ टुरिजम एंड होटेल म्यानेजमेन्ट कलेजका प्रिन्सिपल देवराज श्रेष्ठ, विभिन्न कलेजका प्रिन्सिपल, टुर प्रोडक्ट डेभ्लपमेन्ट र टिकेटिंग तालिमका प्रशिक्षक तथा प्रदेश नं. १ का विभिन्न टुर एण्ड ट्राभल साथै विभिन्न पर्यटन संग सम्बन्धित कलेजका प्रशिक्षार्थी तथा सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो । तालिममा इटहरी, बिराटनगर लगायत प्रदेस १ का ६० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।