भानु जन्मस्थल ‘रामायण घर’मा खानेपानीको व्यवस्था, पर्यटकलाई सहज हुने

July 28, 2023     Paryatan Yatra

आदिकवि भानुभक्त आचार्यको जन्मस्थल रामायण घरमा खानेपानी ल्याइएको छ।

रामायण घरमा खानेपानी नहुँदा गाउँबाट करिब ३ किलोमिटर टाढाबाट पानी बोकेर लैजानुपर्ने बाध्यता थियो। पानी पुगेसँगै अब पर्यटकीय चहलपहल हुने नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले विश्वास व्यक्त गरे। नगर प्रमुख त्रिपाठीको संयोजनमा रामायण घरमा खाती थोकदेखि खानेपानी ल्याइएको हो। नगरपालिकामा रहेको ४ क्वाइल पाइपको प्रयोग गरि सेनाको रुरु भैरव गण र स्थानीयको सहयोगमा खानेपानी ल्याइएको नगर प्रमुख त्रिपाठीले जानकारी दिए।

उनका अनुसार भानुको घरमा खानेपानीको सहज पहुँच स्थापना गरिएसँगै पिकनिक तथा अन्य कार्यक्रम गर्नका लागि सहज हुनेछ।रामायण घरमा पर्यटकको चहलपहल गराउने समेत उद्देश्यले खानेपानी व्यवस्थापन गरिएको हो। मंगलबारदेखि यस क्षेत्रमा नेपाल आर्मीको टोलीले सरसफाई अभियान समेत सुरू गर्ने भएको छ। ‘साहित्यिक एवम् ऐतिहासिक पर्यटकीय गन्तव्यको रुपमा परिचित भानु जन्मस्थलमा खानेपानीको सुविधासँगै पर्यटकको चहलपहल थप बढ्ने विश्वास गरेका छौँ,’ नगर प्रमुख त्रिपाठीले भने।   साभार सेतोपाटी

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.