माइजोगमाईको प्रमुख केन्द्र पर्यटकीय नयाँ बजार

August 14, 2024     Paryatan Yatra

२०११ सालमा स्थापना भएको ऐतिहासिक नयाँ  बजार माइजोगमाई गाउँपालिकाको प्रशासनिक केन्द्र हो । पालिकाको कार्यालय यहीँ छ । नयाँ बजारले आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको छ । यो बजार बाला गुरुले बसाएको बुढापाकाहरू बताऊ छन् । नयाँ बजारमा बाला चतुर्दशीका दिन हरेक वर्ष ठुलो मेला लाग्ने गर्दछ । बजारको बिच भागमा स्थापित लोपोन्मुख रेडपाण्डको स्तम्भले नवागन्तुकलाई स्वागत गरिरहेको हुन्छ । अधिकांश समय कुहिरोको घुम्टोले छोपिरहने नयाँ“ बजार स्वर्गको एक टुक्रा हो भन्दा फरक पर्दैन ।

बजार क्षेत्रनजिकै सन्त बाला गुरुको प्रतिमा निर्माण गरिएको छ । त्यहीँ बाला गुरु शिवालय धाम छ । शिवालय मन्दिरमा गुरुकुल शिक्षा अध्ययन अध्यापन हुँदै आएकाले हिन्दु धर्मको आस्थाको केन्द्रका रूपमा परिचित छ ।

मन्दिरमा बालाचर्तुदशीको दिन मेला आयोजना हुन्छ । मेलामा नेपाल र भारतका भक्तजन, पर्यटकहरूको आवागमनले पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ । शिवालय धाम रहेको मेलामा सतबिउ छर्ने परम्परा रहेकाले नेपाल र भारतका भक्तजनहरूको भीड लाग्ने गर्दछ । अलैँची, आलु, लगायत कृषि उत्पादन खरिद बिक्रीको केन्द्रका रूपमा पनि नयाँ बजारले परिचय बनाएको छ । नयाँ ँबजार क्षेत्रकै दुर्गा मन्दिर यहाँको अर्को आकर्षण हो ।

बाला गुरु शिवालय धाम

नयाँ बजारको दक्षिण पश्चिमतर्फ डाडामा बाला गुरु शिवालय धाम छ । माइजोगमाई गाउँ“पालिका–१ मा पर्ने यो शिवालयकै आफ्नौ ऐतिहासिक महत्त्व छ । यहाँ  शिवको आकर्षक तीनतले मन्दिर छ । दैनिक विधिपूर्वक पूजा आज हुने यो मन्दिर भक्तजनका लागि जति बेला पनि खुल्ला हुने गर्छ  ।

मन्दिरको पूर्वतर्फ बाला गुरुको सालिक राखिएको छ भने मन्दिर अगाडि बाला गुरुको समाधि स्थल छ । घना जङ्गल फडानी गरेर बाला गुरुले २०११ सालतिर नयाँ“ बजारको स्थापना गरेको जानकारहरू बत्ताऊ छन् । २००६ सालतिर बाला गुरु यो क्षेत्रमा आएर कुटी बनाइ बस्न थालेको पाइन्छ । यो मन्दिर परिसरमा संस्कृत गुरुकुल शिक्षा लिने विद्यार्थीहरु समेत बस्ने गरेका छन् ।

दुर्गा मन्दिर

नयाँ बजारको उत्तर तर्फको शिरमा दुर्गादेवीको मन्दिर छ । दुर्गा देवीको मन्दिर अगाडि गणेश भगवानको विशाल मूर्ति छ । डेढ सयभन्दा बढी घरधुरी रहेको नयाँ“बजार क्षेत्रका बासिन्दाको पवित्र धर्म स्थल हो दुर्गा र गणेशको मन्दिर ।  दैनिक पूजाआजादेखि विशेष पर्वहरूमा यी मन्दिर क्षेत्र भरिभराउ हुने गर्छ ।

यलम्बरको मूर्ति

नयाँ बजारको पुछारमा साकेला थानसँगै किरा“त राजा यलम्बरको मूर्ति छ । सेतो घोडामा लामो खुकुरी भिरी धनुष तानी रहेका यलम्बर युद्धमा निस्कन लागे जस्तो देखिन्छ । बजार घुम्न आउनेहरू यहाँ आएर ‘सेल्फी’ खिच्न छुटाउँदैनन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.