हलेसीमा थपीए दुई वटा हवन कुण्ड

August 14, 2024     Paryatan Yatra

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ७ स्थित हलेसी महादेव मन्दिर परिसरमा  दुई वटा हवन कुण्डको निर्माण सम्पन्न भएको छ ।

गत आर्थिक वर्षमा कोसी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको पर्यटन विकास आयोजनाको एक करोड ४२ लाखको लागतमा हवन कुण्ड निर्माण भएको हलेसी तुवाचुङ नगर प्रमुख विमला राईले बताउनु भयो ।

फलामको पिल्लर र बममाथि पटाहा र त्यसमाथि तामाको छाना राखेर हलेसी मन्दिरको दक्षिणतर्फ फराकिलो र आकर्षक हवन कुण्ड निर्माण गरिएको हो । कोसी प्रदेश सरकार पूर्व मुख्यमन्त्री केदार कार्कीले हालै औपचारिक उद्घाटन गर्नु भएको थियो ।

एकै पटक दुई वटा हवन कुण्डको निर्माणले रुद्री लगाउन, लाख बत्ती बाल्न, पूजा, हवनलगायतका कार्य गर्न सुविधा भएको छ । हलेसी महादेवको दर्शनका लागि गत आर्थिक वर्षमा एक लाख ८० हजार भक्तजन आएको मन्दिर व्यवस्थापन समितिले जनाए । नगर प्रमुख राईले चालू आर्थिक वर्षमा पाँच लाख पर्यटक भित्र्याउनले लक्ष्य लिएको बताउनू भयो ।

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.