पाथीभरा देवीको दर्शन गर्न जाने सिजन सुरु

August 23, 2024     Paryatan Yatra

ताप्लेजुङमा रहेकी पाथीभरा देवीको देश विदेशमा महिमा रहेको छ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा देवीको दर्शनका लागि देश विदेशबाट दश नार्थी पुग्ने गर्छन् । पाथीभरा देवीको समीपमा पुगेर पुजा गरेर आनन्दले पुलकित हुनेहरूको सङ्ख्या ठुलो रहेको छ ।

समुद्र सतहदेखि ३ हजार ७  सय ९४ मिटर उचाइमा रहेको यस धार्मिक स्थल पुग्न जटिल भुव नोट भएको बाटो कटेर पुग्नु पर्छ तर जटिलताको सामना गरेर वर्षे नि हजारौँले दर्शन गर्ने गर्छन् । पाथीभरा भदौ देखि मङ्सिर र फाल्गुन देखि जेठसम्म बढी मात्रमा दश नार्थी आउने गर्छन् । जटिल भुव नोट भएको एकान्तमा भगवान्को वास हुन्छ भन्ने भनाई सत्य हो की ? जस्तो लाग्छ पाथीभरा पुग्दा । लेकाली उकालो हिँडेर लेक, थकान खेप्दै हजारौँले वार्षिक रूपमा पाथीभराको दर्शन गरेर मनोकाङ्क्षा राख्छन् । पाथीभरा देवी शाक्त तथा शक्तिशाली भएको मानिन्छ । यहाँ पुजा पाठ र वली समेत दिइने गरिन्छ ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ देखि १९ किलोमिटर सडक पाथीभराको प्रवेश स्थल तल्लो फेदीसम्म पुग्छ । नेपालका विभिन्न भू–भाग तथा भारत वाट दश नार्थी आउँछन् । फेदीमा होटलहरु छन् । पूजाका सामाग्रीहरू बिक्रीका लागि राखिएका छन् । चैत–वैशाखमा गुराँस फुल्ने हुँदा दृश्य मनोरम बन्छ । असोज पछि मौसम खुल्दा नजिकै हिमाल देखिन्छ । माथिल्लो (ठुलो) फेदीसम्म वस्तिहरू भेटिन्छन् ।

यहाँ बस्नका लागि माथिल्लो फेदी, तल्लो फेदी, देउराली भालु गौडे, काफ्ले पार्टीमा होटलहरु छन् । ग्रामीण शैलीका होटलहरु रहेका छन् । पाथीभरा देवी भएको ठाउँमा घण्टी, त्रिशूल, धजबापतका सजिएको देख्न पाइन्छ । उच्च स्थान र चिसो भएकाले स्वास्थ्यको ख्याल गर्नु पर्छ । लेक लाग्न सक्छ । चिसो वाट बच्ने कपडा लगाउने, चिसापानी तथा मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यवर्धक जुस खाने, तातोपानी बोक्ने, विश्राम स्थलमा बस्तै सुस्त सुस्त हिँड्ने, अदुवा, मकै, भटमास, ग्लुकोज सातु बोक्ने सुझाव दिने गरिन्छ ।

उत्पत्तिको इतिहास

देवीको उत्पत्तिको किंवदन्ती पाइन्छ । पुजारी टिकाराम पौडेलका अनुसार ‘भेडी गोठ लेकतिर लानेक्रममा भेडिगोठ राखेका थिए । गोठ सार्ने क्रममा हालको पाथीभरा मन्दिर छेउमा पुगेपछि यहाँ आएर बस्ने भयो । बैशाख जेष्ठको महिना  अन्धकार भयो, हावाहुरी चलेपछि भेडिगोठ राखेर गोठालाहरू  खाजा खाएर आराम गरे । केहिछन आराम गरेर उठेपछि भेडा, भाँडाकुँडा केही थिएन । पाँच दिनसम्म भेडा भेटिएन । दुख पाएपछि भेडा पाउन यहीकै प्रकृतिको धूप प्रयोग गरेर पूजा गरे । रोए । खाना खाएर सुतेपछि  सपनामा पाँच कन्या प्रकट भए । के भयो भनेर सोध्दा सपनामै भने गोठालाले भेडा हरायो भने । भेडा भेटिन्छन् तर धेरै ठुलो रुख भएको  धुपीको रुख मुनी गुफा छ । दाहिनेबाट देब्रे पुजा गर्नु भनेर बताई दिए । पुजा गरेपछि भेडा भेटिए ।   पुजा पछि देवीको उत्पत्ति भएको हो ।’

कसरी पुग्ने 

झापाको बिर्तामोड देखि मेची राजमार्ग हुँदै ताप्लेजुङ पुग्न सकिन्छ । जिप र बस सञ्चालन हुन्छन् । ताप्लेजुङ सदरमुकाम देखि तल्लो फेदीसम्म कच्चिवाटोमा जिप जान्छ । गाडी सहजै पाइन्छ ।  रिजर्भमा सानो गाडी लिएर जानु उपयुक्त हुन्छ । फोरविलवाला गाडी लिनु पर्छ ।  सानो गाडी भाडामा लिएर जाँदा इलाम, पाँचथर, ताप्लेजुङका पहाडी भुव नोटका आकर्षक बस्ती, दृश्य अवलोकन गर्दै आनन्दसँग जान सकिन्छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.