प्रसिद्ध राम धुनी मन्दिरलाई घुमेर हेर्दा  

August 28, 2024     Paryatan Yatra

सुनसरीको झुम्का बजारदेखि करिब ७ किलो मिटर उत्तर पश्चिममा पर्ने धुन वनमा अवस्थित रामधुनिमा भगवान् रामले धुनी जगाएको भन्ने धार्मिक विश्वास छ । तर ऐतिहासिक खोजीका आधारमा त्यस स्थानमा सर्वप्रथम वन खण्डी बावाले धुनी जगाएर साधना गरेका थिए । उनको समय करिब ३०० वर्ष अगाडितिरको मानिएको छ ।रामधुनिमा मुख्य रूपमा धुनी मन्दिर र दरबार मन्दिर छन् । धुनी मन्दिरमा सधैँ एउटा साजको मुढो सल्काएर राखिन्छ र उक्त मुढो जली रहेको हुन्छ, जसको खरानी नै त्यहाँको देव प्रसाद मानिन्छ । यसै गरी दरबार मन्दिरलाई लङ्गौट मन्दिर पनि भनिन्छ । त्यसभित्र चन्द्र, शिवलिंग, दुर्गा र सिंहका मूर्तिहरू राखिएका छन्। वन खण्डी बावाले बोकेर हिँड्ने मनचिन्ते चिम्टा पनि त्यसै मन्दिरमा राखिएको छ । धुनिबन सुनसरी खोलाको किनारमा छ, जसको क्षेत्रफल करिब १००० बिगाहा छ । एउटा किंवदन्तीमा वन खण्डी बावाले यहाँका सखुवाको बोटमा चिम्टा रोपेर आँपका वृक्ष बनाएका थिए  । रामधुनिमा मुख्य रूपमा धुनिमन्दिर र दरबार मन्दिर छन् । धुनि मन्दिरमा सधैँ एउटा साजको मुढो सल्काएर राखिन्छ र उक्त मुढो जली रहेको हुन्छ, जसको खरानी नै त्यहाँको देव प्रसाद मानिन्छ । यसै गरी दरबार मन्दिरलाई लङ्गौट मन्दिर पनि भनिन्छ । त्यसभित्र चन्द्र, शिवलिंग, दुर्गा र सिंहका मूर्तिहरू राखिएको छ ।
राम नवमी, विवाह पञ्चमी र बाला चतुर्दशीमा लाग्ने मेलामा लाखौँको सङ्ख्यामा नेपाल, भारत तथा भुटानका मानिसहरू आउने यस पवित्र स्थलमा त्रेता युगमा रामचन्द्रले बास बस्दा बालेको धुनी निरन्तर आजसम्म जलिरहेको र कदाचित निभेमा धरानस्थित पिण्डेश्वर मन्दिरमा रहेको अखण्ड दीपबाट प्रज्वलित गर्नुपर्ने र पिण्डेश्वर मन्दिरको अखण्डदिप निभेमा राम धुनीको धुनीबाट आगो लगी सल्काउनु पर्ने परम्परा हालसम्म कायमै छ । राम धुनीमा वनवासको क्रममा सम्झना स्वरूप भगवान् रामले छोडेको एक जोर खराउ र रथका पाङ्ग्रा हालसम्म छँदै छ ।
किम्बदन्ती अनुसार त्रेता युगमा भगवान् राम वनवास आउने क्रममा धुनी जगाएर एक रात बास बसेको र त्यो स्थान छोडी हिँड्दा आफ्ना पाउका एक जोर खराउ छाडी गएको भन्ने पौराणिक भनाइ रहँदै आएको छ । भगवान् रामको पाउ स्पर्श भएको यस पवित्र भूमिमा आफ्नो ध्यानलाई पूर्ण गर्न बसेका बाबा वनस्खण्डी नाम गरेका योगीले भगवान् रामले जगाएका अग्निलाई निभ्न नदिई राखेर त्यसबाट प्राप्त भएको बिगुत (खरानी) प्रसादको रूपमा वितरण गर्ने प्रचलन सुरु भएको थियो । राम धुनी मन्दिरमा गएर पूजाआजा गर्ने र त्यहाँ उत्पादित बिगुत लगाएमा चिताएको पूरा हुने जनविश्वास अहिलेसम्म पनि जीवितै रहेको छ । यसदेखि बाहेक भगवान् रामले किशोर अवस्थामा राजकुमारी विदिन्युलाई भेट्न आउँदा राम धुनी वनमा ती राजकुमारी धुनी वाली बसेको जनश्रुति पनि किम्बदन्ती अनुसार त्रेता युगमा भगवान् राम वनवास आउने क्रममा धुनी जगाएर एक रात बास बसेको र त्यो स्थान छोडी हिँड्दा आफ्ना पाउका एक जोर खराउ छाडी गएको भन्ने पौराणिक भनाइ रहँदै आएको छ । रामचन्द्रको पाउ स्पर्श भएको यस पवित्र भूमिमा आफ्नो ध्यानलाई पूर्ण गर्न बसेका बाबा वनस्खण्डी नाम गरेका योगीले भगवान् रामले जगाएका अग्निलाई निभ्न नदिई राखेर त्यसबाट प्राप्त भएको बिगुत (खरानी) प्रसादको रूपमा वितरण गर्ने प्रचलन सुरु भएको थियो । राम धुनी मन्दिरमा गएर पूजाआजा गर्ने र त्यहाँ उत्पादित बिगुत लगाएमा चिताएको पूरा हुने जनविश्वास अहिलेसम्म पनि जीवितै रहेको छ । यसदेखि बाहेक भगवान् रामले किशोर अवस्थामा राजकुमारी विदिन्युलाई भेट्न आउँदा राम धुनी वनमा ती राजकुमारी धुनी वाली बसेको जनश्रुति पनि छ ।

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.