विराटनगर । शुक्रवारदेखि विराटनगरको सिटी प्यालेस होटल एन्ड रिपोर्टमा तीन दिने नारी उत्सव सुरु भएको छ । मोरङ उद्योग व्यापार सङ्घको महिला उद्यम समितिले नेपाली महिलाहरूको महान् चाडपर्व तीजको अवसरमा नारी उत्सवको आयोजना गरिएको हो । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले एक समारोह बिच उद्घाटन गर्नु भएको हो । महिला उद्यमीहरूका उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्य लिएको उत्सवमा ६० वटा स्टल रहेका छन् । जसमध्ये ४० स्टलबाट लत्ताकपडा, कस्मेटिक सामग्री सहित चाँदीका गहनाका छन् । उत्सवमा फुडका १० र कृषिका १० स्टल रहेका छन् । उत्सव अवलोकनका लागि कुनै शुल्क लाग्ने छैन । शुक्रवारको उद्घाटन समारोहमा मिस नेपाल आश्माकुमारी केसी र सुमना केसी सहभागि रहेको थियो ।
महिला उद्यमीका उत्पादन प्रवर्द्धन र बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले मोरङ उद्योग व्यापार सङ्घ महिला उद्यम समितिले विराटनगरमा ‘नारी उत्सव २०८१’ आयोजना गरिएको मोरङ व्यापार सङ्घ महिला उद्यम समिति संयोजक श्रुति शर्माले बताउनु भयो । उत्सव भाद्र १४ देखि १६ गतेसम्म चल्ने छ । उत्सव हरेक दिन बिहान १० बजेबाट खुल्ने र राती ८ बजे सम्म चल्ने छ । उत्सवले उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रमा संलग्न महिला उद्यमीहरूको उत्पादन तथा सेवाको प्रवर्द्धन गर्न उत्सवले सहयोग पुर्याउने मोरङ उद्योग व्यापार सङ्घ अध्यक्ष अनुपम राठीले बताउनु भयो । उत्सव आयोजनाका लागि १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उत्सवलाई कोसी प्रदेश सरकार, विराटनगर महानगरपालिकाले सहयोग गरेका छन् । सङ्घका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
तीज पर्वका लागि चाहिने आवश्यक सामग्री एकै थलोबाट किनमेल गर्न सजिलो होस भन्ने उद्देश्य समेत लिएको संयोजक शर्माले बताउनु भयो ।