कटहरीमा प्रदेश स्तरीय कृषि एक्स्पो लाग्दै

August 31, 2024     Paryatan Yatra

विराटनगर । कृषक र उद्योगीहरू बिच समन्वय गराउने उदेश्यका साथ मोरङको कटहरी कृषि थोक बजारमा यही भाद्र २७ देखि ३० गतेसम्म प्रदेश स्तरीय कृषि एक्स्पोको आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेश समितिले आयोजना गरेको एक्स्पोको तयारी तीव्र रूपमा भई रहेको अध्यक्ष राजेन्द्र राउतले बताउनु भयो ।

एक्स्पोमा एक सय भन्दा बढी स्टलहरू रहने छन् । एक्स्पो हरेक दिन बिहान ११ बजे खुल्ने र साँझ ७ बजे बन्द हुने आयोजक समितिले जनाएको छ । एक्स्पोमा भारतबाट मात्र २० भन्दा बढी स्टलहरू आउने भएका छन् ।
एक्स्पो सफल पार्न कोसी प्रदेश सरकार र सम्बन्धित मन्त्रालय, नेपाल सरकार र स्विस सरकार विकास सहयोग परियोजनाको प्रवर्द्धनात्मक सहयोग  रहेको छ  त्यसैगरी नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) र कटहरी गाउँपालिकाको सहकार्यमा आयोजना हुने कृषि एक्स्पो ह्न लागेको हो । कृषि क्षेत्रका नवीनतम् प्रविधि, कृषि उत्पादन, पशुपक्षीका दाना, भेटनरी लगायतका वस्तुहरूको प्रदर्शनी हुने छन् । एक्स्पोमा कृषि विज्ञहरूको सहभागितामा प्यानल छलफल, विटुवी छलफल लगायतका कार्यक्रम तय गरिएको अध्यक्ष राउतले बताउनु भयो ।
एक्स्पोमा भारतको विहार राज्यबाट समेत कृषि विज्ञहरू आउने र कृषि क्षेत्रका सवालबारे छलफल र परामर्श हुने छ । एक्स्पोमा सहभागी र अवलोकन गर्न आउने अन्तर जिल्लाका सहभागीहरूलाई निःशुल्क खाना तथा आवासको व्यवस्था समेत गरिएको छ । अन्यलाई पनि प्रवेश शुल्क लाग्ने छैन ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.