पर्यटक तान्दै सुनसरीको शिव नगर पोखरी 

September 2, 2024     Paryatan Yatra

सुनसरी जिल्लाको राम धुनी नगरपालिका वडा नं. २ को पोखरीया टोल रहेको यो शिव नगर पोखरी २ बिघा क्षेत्रमा फैलिएको छ । पोखरीको नजिकै थारु जातिहरूको आस्थाको केन्द्र मानिने ग्रामथान मन्दिर रहेको छ । यो पोखरी जानका लागि झुम्का बजार वाट पश्चिम तर्फ लाग्ने सडक समाउनु पर्छ । यस क्षेत्रकै चर्चित थारु संग्रालयवाट करिब ५ सय मिटर अघि बडेपछि पश्चिम उत्तर तर्फ शिवआर्दश टोल आउँछ त्यहाँ वाट दक्षिण लागेपछि यो पोखरी पुगिन्छ । चौधरी बस्तीका विचरमा रहेको यो पोखरी रमणीय छ । यहाँ पुग्नका लागि निजी वाट भाडाका सवारी साधनको प्रयोग गर्नु पर्छ भने खाजा तथा चिया खानका लागि पोखरी नजिकै होटलहरु खुलेका छैनन् । पोखरी करिब ९०० वर्ग मिटरमा फैलिएको छ ।  बृक्षारोण सहित ललितकला जस्तै देखिन सुन्दर पोथ्रा, पोथ्री वा झाडीको निर्माण गर्ने र पोखरीको गहिराई बढाउने र विभिन्न जातका माछा पालन गर्ने काम अघि बढाएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.